site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
बालसखा चन्द्रबहादुर कार्कीको स्मरणमा सूर्यबहादुर केसी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूर्यबहादुर केसी व्यवसायी मात्रै नभएर समाजसेवी पनि हुनुहुन्थ्यो । तीक्ष्ण बुद्धि उहाँमा थियो । हामीसँगसँगै बस्यौँ, खायौँ । ठेक्कापट्टा पनि करिब १५ वर्षसम्म सँगसँगै ग¥यौं । धेरै खुबी भएको, विलक्षण खालको हुनुहुन्थ्यो ।  हामीले १५ वर्ष लगाएर पढ्दा उहाँले १० वर्षभित्रै सक्नुभएको थियो । राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । पञ्चायतमा वडा अध्यक्ष, गाविस अध्यक्ष, उपप्रधान, प्रधान त्यस्तो किसिमले बन्ने परम्परा थियो । तर, उहाँ पोखराको एकैपटक प्रधानपञ्च हुनुभयो । राजनीतिमा पनि त्यसरी फड्को मार्नुभयो । 

ठेक्कापट्टामा पनि हामी डी, सी, बी गरेर अहिलेको चरणमा पुगेका हौं । उहाँ डी, बी अनि ए गरेर आउनुभयो । उहाँमा समाजसेवा, व्यवसायमा काम गर्ने फरक खालको खुबि थियो । उहाँलाई कुनै पनि सफलता हासिल गर्न धेरै लामो समय लाग्ने गरेको थिएन । जुनसुकै काममा पनि थोरै समयमै सफल हुनुभयो । उहाँको जन्म पनि ७ महिनामै भएको थियो । 
...
असाध्यै मिलनसार हुनुहुन्थ्यो । ठुला मान्छेसँग अलिकति ‘एग्रेसिभ’ हुने तर साना खालका मान्छेले गल्ती गरिहाल्यो भने पनि सम्झाउने खालको स्वभाव थियो । सानालाई बढी मित्रताको व्यवहार गर्नुहुन्थ्यो भने माथिल्लो ओहोदामा पुगेका मान्छेहरु, कर्मचारी–मान्छेसँग अलिकति एग्रेसिभ व्यवहार गर्नुहुन्थ्यो । 
उहाँको बुबा पनि निर्माण व्यवसायी हुनुभएको, पारिवारिक आर्थिक स्थिति पनि राम्रै भएको हुनाले हामीले क, ख सँगै पढेपछि बाँकी स्कुलको शिक्षा सँगै गरेनौं । 

Prabhu Bank
Agni Group
NIC Asia

उहाँ गण्डकी बोर्डिङ स्कुलमा पढ्नुभयो । त्यो बेलामा गण्डकी बोर्डिङमा पढ्नु भनेको आर्थिक स्थिति दह्रो भएको परिवार चाहिन्थ्यो । त्यसपछि पीएन क्याम्पसमा भने सँगै पढ्यौं । 
...
राजा वीरेन्द्रप्रति बढी प्रभावित हुनुहुन्थ्यो । राजा पनि उहाँसँग बढी प्रभावित नै भएको देखिन्थ्यो । त्यो बेलामा पोखराको प्रधानपञ्च हुनुभयो, सानै उमेरमा । त्यतिखेर उहाँ बढी सामाजिक काम गर्ने, पोखरालाई हरियाली बनाउनुपर्छ भन्ने स्वभाव थियो । राजा वीरेन्द्रले पनि त्यस्तै खालको पोखरालाई हरियाली बनाउनुपर्छ भनेर हुकम बक्स पनि भएको रहेछ । त्यसैले सामाजिक काममा दत्त, चित्त भएर लाग्ने गर्नुहुन्थ्यो । आफ्नो व्यवहारभन्दा सामाजिक काममै बढी लाग्नुभयो । कसरी देश विकास गर्ने, साधारणभन्दा साधारण व्यक्तिको आर्थिक उन्नतीको कुरालाई बढी चिन्तन मनन गर्नुहुन्थ्यो र लागि पर्नुहुन्थ्यो ।
...
देशलाई उज्यालो बनाउनुपर्छ, समृद्धको मार्गतर्फ लैजानुपर्छ भन्नुहुन्थ्यो । त्यसैले निजी क्षेत्रबाट जलविद्युत उत्पादन गर्नेमा सम्भवतः दोस्रो व्यक्तिमा पर्नुहुन्छ । उहाँको नेतृत्वमा बनेको ४.५ मेगावाटको भगवती हाइड्रोपावर विजयपुर–१  सञ्चालनमा छ । सायद निजी क्षेत्रबाट बनाइएको यो हाइड्रोपावर दोस्रो हुनुपर्छ । सिभिल हाइड्रोपावर विजयपुर–२ ले उत्पादन सुरु गर्ने चरणमा छ । यो पनि उहाँकै नेतृत्वमा निर्माण भइरहेको छ । 

सेती १ ले पनि उहाँकै नेतृत्वमा उत्पादन सुरु गरेको हो । उहाँकै अगुवाइमा ५ मेगावाटको मर्दि खोला हाइड्रोपावर १ ले पनि बिजुली उत्पादन गरिरहेको छ । अर्को मर्दि खोला २ ले पनि उत्पादन सुरु गरिसकेको छ ।  सिक्लेस हाइड्रोपावरले पनि उत्पादन सुरु गरिसकेको छ । सेतीमा पनि २१ र ३५ मेगावाटका जलविद्युत आयोजनाको काम भइरहेको छ । यी आयोजना उहाँका छोराहरुले हेरिरहनुभएको छ । 

Global Ime bank

जलविद्युतको लाइसेन्स लिने तर उत्पादन नगरिएको र १८ घण्टासम्मको लोडसेडिङ्ग भएको बेलामा उहाँले सकेसम्म नेपाल अधिराज्यलाई नै उज्यालो बनाउनुपर्छ नसके पनि आफू जन्मिएको गण्डकी अञ्चललाई उज्यालो बनाउनुपर्छ भन्नुहुन्थ्यो । पोखरालाई त जति चाहिन्छ, त्यति म आफै बिजुली उत्पादन गर्छु भन्ने उहाँमा थियो । 
यस्तै शिक्षा क्षेत्रमा पनि उहाँको धेरै योगदान छ । कालिका क्याम्पस उहाँकै अगुवाइमा निर्माण भएर सञ्चालन भइरहेको छ । पोखराभित्रका र बाहिरका समेत साना साना स्कुलहरुलाई ५–१० लाख रुपैयाँ दिने चन्दा प्रेमी हुनुहुन्थ्यो । 

बहुआयामिक मान्छे हुनुहुन्थ्यो । धार्मिक क्षेत्रमा पनि त्यस्तै हुनुहुन्थ्यो । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC