site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जसले ५० करोडको सम्पत्ति हडप्‍न नक्कली नागरिकता बनाउनेदेखि मृत्युदर्तासम्म गराए
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्‍न कारणले ठगी गरिएका घटना पटक-पटक बाहिर आइरहेकै भए पनि ललितपुरका एकजना ठगले भने ५० करोडबराबरको घरजग्गा हडप्‍नका लागि नक्कली नागरिकता बनाउनेदेखि मृत्युदर्तासम्म गराएको पाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ५० करोडको सम्पत्ति हत्याउने योजनामा संग्लन आरोपमा ललितपुर महानगरपालिका १३, कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जंगबहादुर राणालाई काठमाडौंको रातोपुलबाट पक्राउ गरेको छ । उनी यसअघि पनि विभिन्‍न ठगीका घटनामा संग्लन रहेको पाइएको छ ।

यस्तो छ ५० करोडको सम्पत्ति हडप्‍ने योजना
सीआईबी प्रमुख सहकुल थापाका अनुसार पर्सामा कमलादेवी राजभण्डारीको नाममा वीरगन्‍ज महानगरपालिका ५ मा कित्ता नम्बर ३, ७१, १४३ र १८६ को जमिन थियो । जसको क्षेत्रफल ०-५-५-०.९ (पाँच कठ्ठा, पन्ध्र धुर, नौ कन्वा) थियो । त्यही जमिनमा २ घर पनि थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घरजग्गाको बजारमूल्य ५० करोड बढी हुन आउँछ । सो घरजग्गा जग्गा मुकेश राजभण्डारी भन्‍ने व्यक्तिले मालपोत कार्यालयका कर्मचारीहरु समेतसँग मिलेमतो गरी वास्तविक जग्गा धनी तथा निजको हकवालासमेतको हक मारी खाने उद्देश्यले अर्काको जग्गा किर्ते कागजात बनाई ०७६ चैतमा आफ्नो नाममा राजीनामा पास गराए । मुकेश राजभण्डारी बनेका थिए केवलप्रताप जंगबहादुर राणा ।

सोही जग्गा वीरगन्‍ज महानगरपालिका ४ का गिरधारी लाल अग्रवाललाई बिक्री गर्न उनले ५० लाख बैनासमेत लिए । जग्गाको बैना भएको सूचना पाएपछि वास्तविक राजीव राजभण्डारीले सीआईबीमा उजुरी दिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा यो प्रकरणमा केवलप्रताप जंगबहादुर राणा पक्राउ परे । उनैले आपराधिक कार्यमा प्रयोग गर्नका निमित्त आफ्नो नाम मुकेश राजभण्डारी, उमेर ५० वर्ष, ठेगाना जिल्ला ललितपुर महानगरपालिका, वडा ३ कायम गरी जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट ४७७३ नम्बरको भएको किर्ते नागरिकताको प्रमाण-पत्र बनाए ।

Global Ime bank

नागरिकतादेखि मृत्युदर्तासम्म नक्कली
सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाका अनुसार केवलप्रताप जंगबहादुर राणाले ललितपुर महानगरपालिका ३  वडा कार्यालयबाट मालपोत कार्यालय पर्साको नाममा जारी गरिएको नामसारीका लागि सनाखतसहितको पत्रसमेत बनाए । यति मात्रै होइन उनले ललितपुरबाटै मुकेशराज भण्डारी, राकेशराज भण्डारी र रुपेश राजभण्डारीको नाता कायम पनि गराए ।

ललितपुर महानगरपालिका ३ बाट गोपाल राजभण्डारी र कमला राजभण्डारीको मृत्युदर्तासम्म गराए ।

थापाका अनुसार ललितपुरको वडा कार्यालयबाट कमलाराज भण्डारी र मालपोत कार्यालय पर्सामा भएको नाम कमलादेवी राजभण्डारी दुवै व्यक्ति एकै भएको प्रमाणितसमेत गरे । ललितपुर प्रशासनबाट राकेशराज भण्डारी र रुपेशराज भण्डारीको नक्कली नागरिकतासमेत बनाए । अस्ट्रेलियास्थित नेपाली दूतावासबाट मुकेश राजभण्डारीको नाममा जग्गा नामसारी गर्न भाइहरुले मञ्जुरी दिएको नक्कली कागजातसमेत केवलप्रताप जंगबहादुर राणा बनाइएको पाइएको डीआईजी थापाले बताए ।

अनुसन्धानका क्रममा केवलप्रताप जंगबहादुर राणाले लकडाउनको समयमा एक टेलिभिजनको प्रेस कार्डसमेत प्रयोग गरेको पाइएको छ । सो जग्गा आफ्नो नाममा पास गरिसकेपछि केवलप्रतापले गंगा ट्रेडर्स नामको कम्पनी दर्ता गरी विभिन्‍न बैंक तथा वित्तीय संस्थाबाट कर्जाको योजना बनाएका थिए । सीआईबीका एक अधिकारीका अनुसार उनले काठमाडौंस्थित एक बैंकबाट सो घरजग्गा धितो राखेर २० करोड ऋण लिन खोजेका थिए । तर बैंक सञ्चालक वास्तविक जग्गाधनीलाई चिनेपछि जग्गा कसरी अर्काको भएको भन्दै वास्तविक जग्गाधनीलाई सूचना दिएका थिए ।

केवलप्रताप यसअघि पनि बैंकिङ कसुर र ठगी मुद्दामा पक्राउ परेको पाइएको छ । डीआईजी थापाले भने, “राणाले योजनाबद्ध रुपमा घरजग्गा हडप्‍ने योजना बनाएको देखियो । अन्यत्र पनि यस्तो गरेको हुनसक्छ । थप अनुसन्धानमा जुटेका छौं ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !