site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चालकलाई कोरोना देखिएपछि विराटनगरका मेयर क्‍वारेन्टिनमा
Sarbottam CementSarbottam Cement

विराटनगर । चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिका मेयर भीम पराजुली सेल्फ क्‍वारेन्टिनमा बसेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुलीले पनि स्वाब दिएका थिए । तर, उनको रिपोर्ट नेगेटिभ आएको छ । मेयर पराजुलीले भने, “अधिकृतज्यूलाई कोरोना देखिएपछि मैले पनि परीक्षण गराएको थिएँ तर देखिएन । चालकमा पुष्टि भएपछि म सेल्फ क्‍वारेन्टिनमा छु ।” पराजुलीले आफ्नो साथैमा रहने निजी सचिवालयका सहयोगीका साथ महानगरले नै व्यवस्थापन गरेको जैन भवनको क्‍वारेन्टिनमा बसेको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख प्रशासकीय अधिकलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । वडा २ र ५ का वडाध्यक्षमा समेत कोरोना पुष्टि भएको छ । बाँकी वडा कार्यालयहरुमा पनि पाँच दिनसम्मका लागि महानगरले अति आवश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेको मेयर पराजुलीले जानकारी दिएका छन् । 

पछिल्लो समय विराटनगरमा कोरोना संक्रमणको दर दैनिक बढ्दो क्रममा छ । १३ सयभन्दा धेरै नगरवासीमा संक्रमण देखिएको छ । कोरोनाबाट विराटनगरका १८ जनाले ज्यान गुमाइसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement