site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालापानी क्षेत्रमा डीएसपीको कमान्डमा सशस्‍त्रको गुल्म स्थापना
Sarbottam CementSarbottam Cement

काठमाडौं । दार्चुलाको छाङरुमा अब सशस्‍त्र प्रहरी बलको गुल्म स्थापना प्रक्रिया अगाडि बढेको छ । यसका लागि आवश्यक तयारी सुरु भएको छ भने डीएसपी छाङरु पुगिसकेका छन् ।

यसअघि गत वैशाखमा इन्स्पेक्टरको नेतृत्वमा सशस्‍त्रको बीओपी स्थापना भएको थियो । गुल्म भएसँगै फौजी जनशक्तिसमेत सो क्षेत्रमा बढ्नेछ । सशस्‍त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार छाङरुमा गुल्म स्थापनाका लागि १० करोडको बहुवर्षीय ठेक्का सम्झौता शुक्रबार भएको छ । तत्काल बस्‍न मिल्ने भवन निर्माण सुरु गरिनेछ भने अन्य कामहरु पनि निरन्तर हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गुल्मको वातानुकूलित भवन बन्‍नेछ । यसअघि नै नेपाल प्रहरीको टोली सो क्षेत्रमा बस्दै आएको भए पनि हिउँदको समयमा बस्‍न नसकिने भएपछि सो क्षेत्रबाट सर्दै आएको थियो । हिउँदको समयमा सर्ने र हिउँद सकिएपछि प्रहरी टोली सो क्षेत्रमा जाने गरेको थियो । तर सशस्‍त्रको भवन बनेपछि आफूहरुको टोली स्थायी रुपमा सो क्षेत्रमा बस्‍ने प्रवक्ता अर्यालले बताए ।

उनले भने, “गुल्म नै स्थापना भएपछि गुल्मले बीओपीहरु आवश्यकताअनुसार खटाउन सक्नेछ । गुल्म स्थापनासँगै हाम्रा काम, कारबाही थप प्रभावकारी बन्‍नेछन् । यो आर्थिक वर्षभित्र हामीले देशभर थप ७० बीओपी स्थापना गर्दै छौं ।”

Global Ime bank

यसअघि गृहको प्रस्तावमा सरकारले दार्चुलाको लिपुलेक-कालापानी क्षेत्रलाई केन्द्रित गरेर छाङरुमा बस्‍ने गरी सशस्‍त्र प्रहरीको बीओपी राख्‍ने निर्णय गरेको थियो । बीओपीलाई स्तारोन्ति गरेर गुल्म बनाइन लागेको हो । हाल सशस्‍त्रको टोली एक होटेलमा बस्दै आएको छ । छाङरु दार्चुलाको व्यास गाविसमा पर्छ । छाङरुबाट लिपुलेक १५ देखि २० र कालापानी १२ किलोमिटरको दूरीमा पर्छ । सशस्‍त्रको टोली छाङरुमा पुगेसँगै त्यस क्षेत्रमा गस्तीलगायत काम गर्दै आएको छ । केही समयअघि भारतीय सुरक्षाकर्मीले सशस्‍त्र प्रहरीलाई कालापानी क्षेत्र जानबाट रोक लगाएको थियो ।

बीओपीको मुख्य काम सीमा अपराध नियन्त्रण, राजस्व चुहावट र सीमा सुरक्षा हो । नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र सन् १९६२ देखि भारतको कब्जामा छ । 
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय