site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सर्कुलर जारी गर्ने विषयमा ओली-प्रचण्ड भेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि बालुवाटारमा भेट भएको छ ।

अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेकपाको स्थायी कमिटी बैठक ७९ दिनपछि शुक्रबार सकिएको थियो । मातहतका कमिटीलाई पठाउने सर्कुलर र त्यसका अन्तरवस्तुबारे छलफल गर्न दुई अध्यक्ष भेट भएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थायी कमिटी बैठकले कार्यकारी अधिकार प्रत्यायोजन गरे पनि सर्कुलर जारी गर्ने विषयमा भने प्रचण्डले अर्का अध्यक्ष ओलीसँग पनि परामर्श गरेका हुन् । स्थायी कमिटी बैठकले पार्टीको काममा प्रचण्डले ओलीसँग समन्वय गर्नुपर्ने र सरकारको काममा ओलीले प्रचण्डसँग समन्वय गर्नुपर्ने निर्णय गरेको थियो ।

नेकपाको अन्तरिम विधानमा ओली प्रचण्डले छलफल गरेर एक वा दुवै अध्यक्षको हस्ताक्षरमा सर्कुलर, निर्देशन जारी गर्ने व्यवस्था छ ।

Global Ime bank

अघिल्लो भदौमा अपानि जारी गर्ने विषयमा ओली–प्रचण्डबीच मनमुटाव भएको थियो । ओलीको अनुपस्थितिमा प्रचण्ड एक्लैले सर्कुलर जारी गरेको भन्दै ओलीले पछि आफ्नो पनि हस्ताक्षरमा अर्को सर्कुलर जारी गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement