site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
२४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २०१ कोरोना संक्रमित थपिएका छन् । १० हजार १७६ पीसीआर परीक्षण गर्दा १ हजार २०१ जनामा कोरोना पुष्टि भएको हो । 

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ । 
 
पछिल्लो २४ घण्टामा ८५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३७  हजार ५२४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १७६  जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख  ३१ हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

Global Ime bank

देशभरका संस्थागत आइसोलेसन ९ हजार १०७ जना र होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३५४ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर २४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement