site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रत्येक दिन ७ प्रहरीले छाड्छन् जागिर !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकको प्रमुख सुरक्षा संगठनमध्येको एक नेपाल प्रहरीमा दैनिक सातजनाले जागिर छाड्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्‍कअनुसार दैनिक ७ जनाले औसतमा जागिर छाड्ने गरेको पाइएको हो । जागिर छाड्नेमा हवल्दार र असईको संख्या सबैभन्दा बढी छ । सरकारी सेवामा प्रहरीमा जागिर छाड्नेको संख्या अन्य निकायभन्दा बढी छ । बढ्दो निराशा, समयानुकूल सेवा सुविधा, उत्तम अवसरका लागि जागिर छाड्ने क्रम बढेको प्रहरी अधिकारी बताउँछन् ।

आर्थिक वर्ष ०७४/७५ मा दुई हजार ५६४ जनाले सेवाबाट राजीनामा दिए । ०७४/७५ मा राजीनामा दिनेमा तीनजना डीआइजी थिए । दुई डीएसपी, ८ इन्सपेक्टर, १०४ सई, ३०७ असई, १८०२ जना हवल्दार, ३०७ जना प्रहरी जवान । ३१ जना कार्यालय सहयोगी गरी २५ सय ६४ जनाले राजीनामा दिए । यो आर्थिक वर्षमा प्रहरी दरबन्दी ७२ हजार थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक वर्ष ०७५/७६ मा यो संख्या बढेर तीनहजार ७३ पुगेको छ । ०७५/७६ मा कुल प्रहरी दरबन्दी ७५ हजार ९२७ थियो  । यो समयमा ३ हजार ७३ जनाले जागिर छाडे । जसमा एसपी ३ जना, डीएसपी ६ जना, इन्सपेक्टर १५ जना, सई ९९ जना, असई ३५७ जना, हवल्दार २०८२, जवान ४२९ र प्रहरी कार्यालय सहयोगी ८२ गरी ३ हजार ७३ जनाले राजीनामा दिए ।

आर्थिक वर्ष ०७६/७७ मा प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सयको हाराहारीमा छ । १२ हजार दरबन्दी हाल रिक्त छ । यो अवधिमा  २ हजार ७७ जनाले जागिर छाडे । जसमा डीआईजी एकजना थिए । यसबाहेक एसपी १ जना, डीएसपी ३ जना, इन्स्पेक्टर ११ जना, सई १२९ जना, असई ३२३ जना, प्रहरी हवल्दार १३ सय २७ जना, प्रहरी जवान २३४ जना र प्रहरी कार्यालय सहयोगी ४८ गरी २ हजार ७७ जनाले जागिर छाडे ।  आव ०७६/७७ मा कोरोना महामारी सुरु भएपछि प्रहरीमा राजीनामा स्वीकृत गरिएको थिएन । कोरोना महामारी नभएको भए यो संख्या बढ्ने निश्चित थियो ।

Global Ime bank

पछिल्लो ३ वर्षको कुल जागिर छाड्नेको संख्या जोड्ने हो भने ७ हजार ७ सय १४ जनाले जागिर छाडेका छन् । ३ वर्षमा दैनिक औसतमा हिसाब निकाल्ने हो भने दैनिक ७ जनाले जागिर छाड्ने गरेका छन् ।

जागिर छाडेका प्रहरी कर्मचारी प्रायः वैदेशिक रोजगारीमा जाने गरेका छन् । पेन्सन अवधि सकिएपछि तल्लो तहका प्रहरी अधिकांश सेक्युरिटी गार्डमा तेस्रो मुलुक जाने गरेको पाइएको छ । विदेशमा आकर्षक तलब हुने भएकाले उनीहरुले जागिर छाड्ने गरेको पाइए पनि तालिमप्राप्त जनशक्ति निरन्तर बाहिरिनु राज्यकै लागि हानि हुने प्रहरी अधिकारीहरु बताउँछन् । १६ देखि १८ वर्षमै पेन्सन लिन पाइने भएकाले पनि जागिर छाड्नेको संख्या बढेको हो । एक प्रहरी तयार पार्न २ देखि ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । जागिर अवधि सकिएलगत्तै राजीनामा दिँदा त्यसको प्रत्यक्ष प्रभाव संगठनमा समेत देखा पर्छ ।

सिनियर प्रहरी अधिकृत भने बढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगको बेमेलका कारण संगठनबाट राजीनामा दिँदै आएका छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत प्रहरीमा आकर्षण नघटेको बताउँछन् । तर प्रहरीका कतिपय सेवा-सुविधाबारे भने पुनर्विचार गरिनुपर्ने उनको मत छ ।

प्रवक्ता कडायतले भने, ‘‘अन्यत्र राम्रो अवसर, जोखिमयुक्त पेसा, कार्यबोझ, परिवारलाई समय दिन नसक्नुलगायत कारण संगठन छाड्ने गरेको पाइन्छ । राजीनामा दिने सबैले कारण भने घरायसी लेखे पनि जागिर छाडेकाहरु प्राय: वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय