site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिटौला रणनीति– देउवाविरुद्ध पौडेलबाहेक एक उम्मेदवार भए सघाउने नभए आफैँ उठ्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशनका लागि नेतृत्वमा उमेदवारी दिने आकांक्षी थुप्रै देखिएका छन् । आकांक्षीहरुले आधिकारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि नेता–कार्यकर्ताहरुसँगको भेटघाट र विभिन्न सञ्चार माध्यमहरुसँगको कुराकानीका क्रममा आ–आफ्नो दाबी पेस गरिरहेका छन् ।

यसरी आगामी महाधिवेशनमा सभापति पदका लागि दाबेदारी पेस गर्नेमा सभापति शेरबहादुर देउवासँगै नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरु रहेका छन् । मुलुककै राजनीतिमा चर्चामा रहिरहने युवा नेता गगन थापा पनि त्यसबेलाको अवस्था हेरेर नेतृत्व अर्थात् सभापतिमै उम्मेदवारी दिने तयारीमा छन् ।

यद्यपि, उनको मुख्य आकांक्षा भनेको महामन्त्री पद हो । तर, १३ औं महाधिवेशनमा कांग्रेसमा तेस्रो धारका रुपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने पछिल्लो समय सभापति पदको उम्मेदवारीका बारेमा खुलेर बोलिरहेका छैनन् ।    नेता सिटौलाले गत फागुनमा गृहजिल्ला झापा पुगेर पहिलोपटक आगामी महाधिवेशनमा पनि अलग टिम बनाउने घोषणा गरेका थिए । १३ औं महाधिवेशनमा पहिलो चरणबाटै सभापतिको प्रतिष्पर्धाबाट बाहिरिएपछि उनले देउवालाई सघाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सिटौलाकै सहयोगका कारण देउवाले प्रतिद्वन्द्वी पौडेललाई सजिलै पराजित गरेका थिए । तर, यसपटक देउवालाई सघाउने बारेमा सोच्न पनि नसकिने प्रतिक्रिया दिँदै आएका सिटौला आगामी महाधिवेशनमा के गर्छन् भन्ने विषय सर्वत्र चासो बनेको छ । उनले १४ औं महाधिवेशनलाई लक्षित गरेर सम्पर्क कार्यालय भने खोलिसकेका छन् । काठमाडौंको महाराजगञ्जस्थित रिङरोड नजिकै सम्पर्क कार्यालय खोलेर नेता सिटौलाले नेता–कार्यकर्ताहरूसँग नियमित भेटघाट गरिरहेका छन् ।

सम्पर्क कार्यालय स्थापना गरेर कांग्रेस नेता सिटौलाले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत गरे पनि उनी नेता पौडेलसमूहको आगामी रणनीति कुरेर बसेका छन् ।

Global Ime bank

वर्तमान सभापति देउवाविरुद्ध पौडेलसमूह एक भएर अगाडि बढे नेता सिटौला आशन्न महाधिवेशनमा सोही समूहलाई सघाउने मनस्थिति बनाएर बसेका उनी निकट नेताको भनाइ छ । सिटौला निकट एक नेताले १३ औं महाधिवेशनमा पौडेलको ‘अम्ब्रेला’ मा रहेका नेताहरुले एक ठाउँमा उभिएर उम्मेदवार तय गरे आगामी महाधिवेशनमा दुई पक्षबीचमात्रै प्रतिष्पर्धा हुने बताए ।

१३ औं महाधिवेशनमा पौडेलको ‘अम्ब्रेला’ मा रहेका नेताहरु देउवाविरुद्ध एक ठाउँमा नउभिए सिटौलाको उम्मेदवारी स्वाभाविक कायमै ती नेताको भनाइ छ । 

“आगामी महाधिवेशनमा तीन पोल हुँदैन । रामचन्द्र दाइसँग रहनुभएका नेताहरु एक ठाउँमा हुनुभयो भने सिटौलाको उम्मेदवारी हुँदैन, उहाँले त्यही टिमलाई सघाउनुहुन्छ,” ती नेताले बाह्रखरीसँग भने, “होइन, त्यो टिम मिलेन र दुईटा टिम बन्यो भने हाम्रोतर्फबाट उम्मेदवारी स्वाभाविक रहन्छ नै । त्यसपछि ४–५ टिम चुनावी प्रतिष्पर्धामा हुन्छ ।”

संस्थापनइतर समूहबाट फेरि पौडेलको उम्मेदवारी तय भए सिटौलाले १४ औं महाधिवेशनमा उम्मेदवारी दिन सक्ने ती नेताको भनाइ छ । 

“उताबाट रामचन्द्र पौडेल फेरि पनि उम्मेदवार हुनुभयो भने सिटौलाको उम्मेदवारी दर्ता हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन, १३ औं महाधिवेशनको उम्मेदवारीलाई जस्टिफिकेसन गर्न उहाँले स्वीकार्नु हुन्न,” ती केन्द्रीय सदस्यले भने ।

आशन्न महाधिवेशनमा संस्थापन इतर समूहले महामन्त्री डा. कोइरालालाई उम्मेदवारका रुपमा अघि सारे सिटौलाले सघाउने पनि संकेत गरे । “जसले समन्वय गर्छ त्यही उम्मेदवार बन्छ । उहाँहरुको टिममा बढी समन्वयकारी भूमिका डा. शेखरको छ । तर, एसेप्टेबल बढी शशांकको हुन्छ,” उनले भने ।

गत माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो । तर, परिमार्जित कार्यतालिकाअनुसार कार्यसम्पादन हुन नसक्दा निर्धारित मितिमै सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ । कोभिड–१९ महामारीले नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशनका लागि परिमार्जन गरिएको कार्यतालिका प्रभावित भएको छ । महामारीका कारण कांग्रेसले परिमार्जित कार्यतालिकाअनुसार सम्पादन गर्नुपर्ने कामहरु सम्पन्न गर्न सकिरहेको छैन ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो ।  जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो ।
नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरि सक्नुपर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसले अझै ११ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ ।

यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।   विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नविकरणको काम सम्पन्न गर्न सकेको छैन ।

प्रदेश नम्बर २ का आठ जिल्लासँगै मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले अन्तरिम संरचनाहरु समायोजन गर्न बाँकी छ । कांग्रेसले कोभिड–१९ को महामारीकै कारण संरचना समायोजनमा ढिलाइ भएको बताइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका सचिव तथा सूचना अधिकारी केशव रिजालले कोभिड–१९ को महामारीले कार्यतालिकाअनुसार कार्यसम्पादनमा कठिनाइ भइरहेको बताए । 

“कार्यतालिकाले निर्धारण गरेको समयावधिमा समायोजन, नयाँ क्रियाशील सदस्यता वितरण र नविकरणको काम कोभिडले डिस्टर्ब भइरहेको छ,” उनले बाह्रखरीसँग भने । सूचना अधिकारी रिजालले असार २२ गते परिमार्जन गरिएको कार्यतालिकालाई पुनःसंशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको पनि बताए । पार्टीको केन्द्रीय कार्यासमिति बैठक बसेर कार्यतालिकालाई संशोधन गर्ने उनको भनाइ छ ।

“महाधिवेशनको कार्यतालिका पुनःसंशोधन गर्नुपर्ने स्थिति देखिन्छ,” रिजालले भने, “पार्टीको बैठक बसेर पुरानो कार्यतालिकालाई चेन्ज गर्छ, नयाँ कार्यतालिका घोषणा गर्छ ।”


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !