site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले संविधानतः कोसी सरकार बचाउन प्रयास गर्छ : गोपाल तामाङ 
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले कोसीमा संविधानतः सरकारलाई बचाउन प्रयास हुने बताएका छन् ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी तामाङले  संविधानको धारा मानेर अघि बढ्ने बताए ।  “दल मुख्यमन्त्रीको पक्षमा उभिन्छ । संविधानको धाराअन्तर्गत सरकार संरक्षण गरेर जाने हो । विश्वास नहुँदा ३० दिनसम्म मुख्यमन्त्रीले विश्वाको मत लिने समय भए पनि संकल्प प्रस्ताव अनुमानको भरमा ल्याइयो,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले संविधानले दिएको अधिकार प्रयोग गर्ने र राजनीतिक बाटो अपनाउने अथवा के गर्ने भन्ने मुख्यमन्त्रीको रोजाइ भएको उनले बताए । “के गर्ने भन्ने २५ गतेपछि कांग्रेसले निर्णय गरेर अघि बढ्नेछ । दलको बैठक बस्छ । लोकतन्त्र मान्ने पार्टी हो, त्यही सिद्धान्तअनुसार सरकार अघि बढ्छ,” प्रमुख सचेतक तामाङले भने । 

कोसीमा विपक्षी एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पारित गरी मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने माग गरेका छन् । यही वैशाख २५ गतेभित्र कार्कीले विश्वास मत लिनुपर्ने ती दलको जिकिर छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement