site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आहा ! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष (भिडियोसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्षलाई सुधार गरिएको छ । लकडाउनका कारण चाप कम भएसँगै विमानस्थलमा भौतिक संरचना निर्माण, स्तरोन्नति तथा विस्तारले तिब्रता पाएको हो । योबीचमा विमानस्थलको धावनमार्ग ३ सय मिटर थपिएको छ भने दुईवटा विमान पार्किङ वे थपिएको छ । डिपार्चर हल नयाँ भवनमा सरेको छ ।

यीसँगै अर्को एउटा महत्वपूर्ण काम आगमन कक्ष निर्माण पनि हो । विमानस्थलमा पहिलोपटक छुट्टै आगमन कक्ष निर्माण सम्पन्न भएको छ, जुन अन्तर्राष्ट्रियस्तरको छ ।  आईएमएस गु्रप अन्तर्गतको आईएमएस एयरपोर्ट सेर्भिसेसले आगमन कक्ष निर्माण गरी फिनिसिङ्गको काम गरिरहेको छ ।  भदौ १ गतेदेखि सञ्चालनमा ल्याउनेगरी काम भइरहेको यो परियोजनाका महाप्रबन्धक जगत श्रेष्ठले बताए । 

आईएमएसले ३० वर्षको लागि भाडामा लिएर आगमन कक्षसहित गेट, पार्किङ स्थल निर्माण गरेको हो ।  जहाँ अन्डरग्राउण्डसहित ७ सय गाडी पार्किङ गर्न सकिने उनले बताए । यो परियोजनाको कुल लागत १ अर्ब ३० करोड रहेको गु्रपले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro