site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी सञ्चालनको तयारी हुँदैछ विमानस्थल, मास्क नलगाउनेलाई गोल्डेन गेटबाटै प्रवेश निषेध (भिडियोसहित) 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले यसअघि गरेको निर्णय परिवर्तन भएन भने भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमित हवाइ सेवा सुचारुको तयारी छ । तर सरकारले काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा समुदायस्तरमै कोरोना प्रवेश गरेको भन्दै फेरि लकडाउन गर्ने कि नगर्ने भनेर विज्ञहरुसँग परामर्श गरिरहेको छ ।

धेरैजनाले अहिले लकडाउनका आवश्यक नभएको बताए पनि सरकार केही दिन लकडाउन गर्नुपर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ । तर मन्त्रिपरिषद् बैठकले निर्णय भने गरिसकेको छैन । कोभिड १९ का कारण गत चैत्र ९ देखि नियमति हवाइ सेवा बन्द छ । अति आवश्यक चार्टर्ड फ्लाइटबाहेकका सेवा सुचारु हुन सकेका छैनन् ।
सरकारको पहिलेको निर्णयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिँदै नियमित उडानको तयारी गरिरहेको छ । 

स्रोत साधनले भ्याएसम्म सुरक्षालाई विशेष ध्यान दिइएको विमानस्थल कार्यालयका महाप्रबन्धक देबेन्द्र केसीले बताए ।  “स्रोत, साधनले भ्याएसम्म हामीले निकै सावधानीपूवर्क विमानस्थल सञ्चालनको तयारी गरेका छौँ,” उनले भने, “यात्रुबाहेक अन्य कुनै पनि व्यक्ति विमानस्थल प्रवेश नगर्न पनि आग्रह गरेका छौं ।”  विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, अन्तर्राष्ट्रिय हवाइ सेवा नियमन निकायहरुको स्वास्थ्य सम्बन्धी निर्देशिक पूर्णरुपमा पालना हुने उनले बताए । 

“कहीँ कतै हेलचेक्र्याइँ गर्ने अवस्थै आउँदैन, यात्रुसँग नजिक रहेर काम गर्ने कर्मचारीलाई पीपीई अनिवार्य लगाउन लगाउँछौं,” उनले भने ।  उनले मास्कबिना विमानस्थल कार्यालयमा प्रवेश गर्न नदिइने स्पष्ट पारे ।  “प्रस्थान गर्ने यात्रुले अनिवार्य मास्क लगाउनुपर्छ, मास्क नलगाए गोल्डेन गेटबाटै प्रवेश गर्न दिइने छैन,” उनले भने, “अन्तर्राष्ट्रिय विमानबाट आउने यात्रुले पनि अनिवार्य मास्कको प्रयोग गरेको हुनुपर्छ ।” 

कार्यालयले विमानस्थलमा सेनिटाइजरको व्यवस्था गरेको उनले बताए ।  यस्तै यात्रुको भौतिक दूरी कायम गर्न कार्यालयले मार्किङ गरेको स्थानमा मात्रै उभिन वा बस्न पनि उनले आग्रह गरेका छन् । विमानस्थलमा आउनेदेखि नउड्दासम्म विमानस्थल कार्यालयले निकै कडाइ गर्ने उनले बताए ।  अध्यागमनमा पनि कर्मचारीहरुले विशेष ध्यान दिएको भन्दै उनले अध्यागमन पार गरेपछि चेकिङ गर्ने प्रहरीले समेत पीपीई लगाउनेछन् ।

अध्यागमन पार गरेर गइसकेपछि विमानस्थल कुर्ने स्थानमा पनि मार्किङ गरिएको र सोहीअनुसार यात्रु बस्नुपर्ने उनले बताए । त्यसपछि ४० प्रतिशत क्षमतामा मात्रै गाडीबाट विमानसम्म यात्रुलाई पुर्‍याइने उनले बताए । 

विमानमा भौतिक दूरी कायम हुँदैन !

महाप्रबन्धक केसीले विमानमा नपुग्दासम्म भौतिक दूरी कायम गराउने दायित्व कार्यालयको भएको बताए ।  त्यसपछि विमान कम्पनीको जिम्मा हुने उनले बताए ।  उनका अनुसार निजी वायुसेवा प्रदायक कम्पनीले पनि स्वास्थ्य सुरक्षालाई निकै ध्यान दिएका छन् ।  सरकारले जारी गरेको सुरक्षा प्रोटोकलअनुसार नै उनीहरुले स्वास्थ्य सुरक्षालाई ध्यान दिएको बताइएको छ । 

हालसम्म सरकारले यति नै क्षमतामा यात्रु चढाउने नभनेकाले विमान कम्पनीले पूर्ण क्षमतामा यात्रु उडाउने तयारी गरिरहेका छन् । 

अन्तर्राष्ट्रियतर्फ १५ उडान, आन्तरिकतर्फ ४०

महाप्रबन्धक  केसीले सरकारले दैनिक कति उडान गर्ने भन्ने बारेमा केही निर्देशन नगरेपछि अन्तर्राष्ट्रियतर्फ १५ उडान मात्रै गर्न सकिने बताए ।  “सबै स्वास्थ्य सुरक्षाको स्थितीलाई हेर्दा लकडाउनका बेलामा जति उडान भएका छन्, त्यो भन्दा बढी गर्न सकिने अवस्था देखिँदैन,” उनले भने ।  लकडाउनका बेलामा यात्रु चार्टर, कार्गो, रेस्क्यूलगायतका करिब १५ वटा जति उडान भएका थिए । 

नियमित उडान पनि सोही संख्यामा गर्न सकिने उनले बताए ।  यस्तै आन्तरिकतर्फ भने दैनिक ४० उडान गर्न सकिने उनले बताए ।  लकडाउन अगाडिको जस्तो दैनिक उडान संचालन गर्न सक्ने अवस्था नरहेको उनले स्पष्ट पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro