site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कमेडी च्याम्पियन सिजन–२ को अडिसन भदौ १५ बाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को अडिसन यही भदौ १५ गतेबाट सुरु हुने भएको छ । दोस्रो प्रोमो सार्वजनिक गर्दै आयोजकले अडिसन मिति घोषणा गरेको हो । 

पहिलो प्रोमो सार्वजनिक भएको केही दिनमा आयोजकले दोस्रो प्रोमो सार्वजनिक गरेको हो । पहिलो प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरेको आयोजकले दोस्रो प्रोमोमा सिजन १ का प्रतियोगीको कमेडीको पञ्च लाइनको किल्प्स काटेर राखेको छ । 

प्रोमोमा अडिसन मिति सार्वजनिक गरे पनि अडिसन कसरी दिनबारे विस्तृत जानकारी भने दिइएको छैन । निर्देशक विशाल भण्डारीले अन्य प्रोमामा थप जानकारी दिँदै जाने बताए । डिजिटल अडिसन लिइने छ । तर त्यसका सर्तहरु पछि सार्वजनिक गरिने उनी बताउँछन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन् । 

Global Ime bank

“यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ । सेट परिमार्जित र भब्य हुनेछ,” निर्देशक भण्डारी भन्छन्, “गत वर्षको भन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ ।” 

‘कन्टेन्ट’मा पहिलो सिजनकोभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको उनले जानकारी दिए । 

नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–१ मा हिमेश पन्त विजयी भएका थिए भने क्रमशः खड्गबहादुर पुन र सुमन कोइराला दोस्रो र तेस्रो भएका थिए ।

आयोजकले केही दिनमा पत्रकार सम्मेलन गरेर सिजन–१ का विजेता हिमेश पन्तलाई सबै पुरस्कार प्रदान गर्दैछ । ५० प्रतिशत नगद पुरस्कार प्रदान गरेको आयोजकले बाँकी ५० प्रतिशत नगद र गाडीको चावी हस्तान्तरण गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement