site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीमापारिको बजार बन्द हुँदा बढेको स्वदेशी खाद्यान्‍नको माग फेरि घट्न थाल्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । लकडाउनका बेला सीमा क्षेत्रमा बढेको स्वदेशी उत्पादनको माग लकडाउन खुकुलो भएसँगै घट्न थालेको छ । सीमा नाका कडाई हुँदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी खाद्यान्‍नमा देखिएको थियो । नेपाल र भारतमा लकडाउन कडाइ हुँदा स्वदेशी खाद्यान्न उत्पादन तेल, आँटा, चामल र दालको माग सीमा क्षेत्रमा निकै बढेको तर अहिले घट्न थालेको व्यवसायी बताउँछन् । 

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगड लकडाउनको बेलामा सीमा क्षेत्रमा तेल, आटा, चामल र दालको कारोबार अपेक्षा गरिएभन्दा पनि बढी परिमाणमा भएको बताए ।  तर, जब सीमा पारी जोगबनी, सुनौली, रुपैडिया, रक्सौललगायतका क्षेत्रमा पसल खुल्न थालेसँगै यता माग घटेको उनले बताए । 

“लकडाउनको दुईमहिना सोचेकोभन्दा बढी माग थियो तर असारमा नै मागमा गिरावट आयो,” उनले भने । दुई महिनाको करको दरलाई हेर्दा नै त्यो पुष्टि हुने उनले बताए ।  “उदाहरणको रुपमा जनकपुरमा मात्रै महिनामा ८० लाख रुपैयाँ भ्याट बुझाए,”उनले भने, “विगतमा २० लाख रुपैयाँ मात्रै बुझाइएको थियो ।” 
तर, जब सीमावर्ती क्षेत्रका बजारहरु जोगबनी, रक्सौल, सुनौली, रुपैडियालगायतका बजार खुल्न थाले सामान्य भन्दा पनि कम माग आएको उनले बताए ।

निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरिया पनि लकडाउनको समयमा सीमा पारि व्यापार बन्द हुँदा सीमा क्षेत्रमा आन्तरिक उत्पादनको माग बढेको बताए । 

“त्यो बेला माग बढ्नुको कारण उता (भारत) मा पनि बन्द भएर हो वा स्टक राखेकाले बढेको हो भन्न सकिँदैन तर लकडाउनका बेलामा सीमा क्षेत्रमा माग पक्कै बढेको थियो,” उनले भने ।  भारतीय जोगबनी, सुनौली, रुपैडिया, रक्सौललगायतका बजार नेपालीकै भरमा नै व्यापार चलिरहेको विगत दुई महिनाको कारोबार हेर्दा पनि पुष्टि गर्ने व्यवसायी बताउँछन् । 

“सरकारले दुई महिनामा सीमा क्षेत्रबाट संकलन भएको करलाई हेरेर मात्रै पनि पनि निर्णय गर्न सक्छ,” उनले भने ।  सीमा क्षेत्रमा स्वदेशी उत्पादनको माग लकडाउनको जस्तै गरी बढाउन सीमा नाकामा कडाई गरेर मात्रै नहुने दुगड बनाउँछन् । 

“सरकारले भन्न त भन्ने गरेको छ, हामीले सीमा नाका कडाई गरेका छौं, अवैद्य कारोबार रोक्न पहल गरेको छौं । तर त्यसरी हुँदैन,” उनले भने, “सीमा क्षेत्रमा हुने अवैद्य कारोबारलाई रोक्नु पर्छ । त्यसका लागि भारतको भन्सार दर संरचना अनुसार नेपालको पनि हुनुपर्छ ।” 

अवैध कारोबार रोक्न सके सरकारलाई पनि राजस्व बढी उठ्ने र स्वदेशी उत्पादनको माग पनि बढ्ने उनी बताउँछन् । 

“उपभोक्ताको तर्फबाट हेर्दा सीमा पारी सामान खरिद गर्दा एक हजार रुपैयाँ बच्छ भने उनीहरुको लागि त्यो धेरै हो, नेपाली उता जानु पनि स्वभाविकै हो,” उनले भने, “त्यसैले सरकारले भारतको भन्सार दर हेरेर यहाँको भन्सार दरको संरचना राख्नुपर्छ । अरु केही उपाय छैन । दुई-तीन प्रतिशत तलमाथि हुँदा केही फरक पर्दैन । तर, भारतमा कुनै वस्तुको कर ५ प्रतिशत छ भने ६-७ प्रतिशत बनाउँदा असर गर्दैन तर २० प्रतिशत बनाउँदा त त्यसले असर गर्छ ।”   

विगत दुई महिनाको कारोबारलाई हेर्दा मात्रै अवैद्य कारोबार धेरै रहेको थाहा पाएको व्यवसायीको भनाई छ । अब सरकारले पनि त्यसतर्फ ध्यान दिर्नुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन् ।

होटल, रेष्टुरेन्ट खुला नहुँदा माग घट्यो 

निम्बस नेपालका प्रबन्ध निर्देशक अगरियाले सीमा क्षेत्रमा विगत दुई महिनाको तुलनामा धेरै माग नघटिसके पनि समग्रमा खाद्यान्‍नको माग भने ३५ प्रतिशतले घटेको बताए ।  लकडाउन खुकुलो हुँदै गएपनि होटल तथा रेष्टुरेन्ट नखुल्दा मैदा, तेललगायत अन्य खाद्यान्नको माग घटेको उनले बताए । “विगतको तुलनामा मैदा, तेललगायत खाद्यान्नको माग ३५ प्रतिशत बढीले घटेको छ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro