site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्लिनफिड कात्तिक ८ देखि लागु गरिँदै, कार्यविधि बनाउन आवश्यक
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले लागु गर्न लागेको क्लिनफिडमा सबैको चासो छ । क्लिनफिडसम्बन्धी कानुन पनि बनिसकेको छ । २०७८ कात्तिक ८ देखि पूर्ण रूपमा क्लिनफिड लागु हुने सरकारको भनाइ छ ।  यसका लागि तयारी गरिरहेको र आगामी कात्तिक ७ भित्र सबै तयारी पूरा हुने र क्लिनफिड लागु हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारी बताउँछन् । 

“क्लिनफिड लागु गराउन उपकरणहरूको व्यवस्थापन पनि गर्दै छौं,” उनले भने ।

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य क्लिनफिडसम्बन्धी कानुन बने पनि कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने बताउँछन् ।  “विज्ञापन भनेको के हो ? स्वदेशी विज्ञापन राख्न पाउने हो वा होइन स्पष्ट बनाइनुपर्छ,” उनले भने । 

क्लिनफिडसम्बन्धी व्यवस्थामा विज्ञापनलाई परिभाषित गरिएको छैन ।  अहिले नै यस्ता विषयमा स्पष्ट नगर्ने हो भने पछि कानुनी झमेला हुन सक्ने उनी बताउँछन् ।

“विज्ञापनरहित मात्रै भन्ने हो भने कुनै पनि ठूला खेलकुदजस्ता प्रतियोगिता वा अन्य टेलिभिजनको रियालिटी शोको टाइटल स्पोन्सर गर्ने कुनै कम्पनी भए, त्यो प्रसारण गर्न पाइने हो वा होइन ? त्यो पनि विज्ञापन नै हुन्छ,” उनले भने ।  सुबिसु केवलका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद पनि क्लिनफिड गर्न सके राम्रो हुने बताउँछन् । तर कसरी लागु गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनी बताउँछन् । 

“क्लिनफिड ल्याउने त भनियो तर विज्ञापन नीतिबाट लागु गरियो । हामी जुन किसिमले अगाडि बढिरहेका छौं, त्यो विषयमा सरकारले त सोच्नुपर्यो,” उनले भने, “सरकारले कसैको प्रभावमा नीति बनाउने त होइन । कसरी गर्ने भन्ने विषयमा हामीसँग छलफल गर्नुपर्ने हो ।”

कार्यविधि बनाउँदा ग्राहकलाई पर्ने मर्का सोच्नुपर्ने आचार्य बताउँछन् । “अहिले विज्ञापनरहित हुनुपर्ने भनिएको छ,” उनले भने, “स्वदेशी विज्ञापन राख्न पाउने हो वा होइन स्पष्ट पारिनुपर्छ, पछि झमेला हुनसक्छ ।”  मन्त्रालयका प्रवक्ता तिवारी प्राविधिक विषयमा स्पष्ट पार्न कार्यविधि आवश्यक हुन पनि सक्ने बताउँछन् । कार्यविधि बनाउँदा उपभोक्ताको हित ध्यानमा राखिनुपर्ने आचार्यको जोड छ । 

“अहिले विज्ञापनको व्याख्या पनि गरिएको छैन,” उनले भने, “क्लिनफिड लागु गर्दा व्यवहारिक पक्ष, ग्राहकको पक्षबाट हेरिनुपर्छ र यसको स्पष्ट व्याख्या हुनुपर्छ ।”  कार्यविधि नबनाइए सर्वसाधारणले आफूले रोजेको टेलिभिजन, कार्यक्रम हेर्न पनि नपाउने र पैसा पनि बढी तिर्नुपर्ने अवस्था आउनसक्नेतर्फ उनले बेलैमा सोच्चुपर्ने बताए ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल क्लिनफिड छिटो लागु हुनुपर्ने बताउँछन् ।  क्लिनफिड अनिवार्य लागु हुनुपूर्व यसको परीक्षण गरिनुपर्ने उनको भनाइ छ ।  सबैको सहयोगका कारण क्लिनफिडसम्बन्धी कानुनी व्यवस्था बनेकाले यसको पूर्ण कार्यान्वयन हुने उनले बताए । क्लिनफिडको परीक्षण आगामी साउन दोस्रो साता सुरु गर्ने तयारी भइरहेको उनले दाबी गरे । 

टेलिभिजन शुल्क महँगो पर्न सक्छ

क्लिनफिड लागु भएपछि अहिले हेरिरहेका च्यानलको शुल्क बढ्नेछ । क्लिन फिडको अर्थ टेलिभिजनमा विज्ञापनरहित कार्यक्रम हेर्नु हो । त्यसैले नेपालमा हेरिने च्यानलको पैसा बढी तिर्नुपर्ने हुन सक्छ ।  तर उक्त शुल्क धेरै नहुने दाबी विज्ञापन व्यवसायीको छ भने टेलिभिजन सेवा प्रदायकहरू कार्यविधि बनाउँदा नसोचिए शुल्क बढ्ने र त्यसको मार उपभोक्ता हुने बताउँछन् । 

डिशहोमका प्रबन्ध निर्देशक आचार्य अहिलेको व्यवस्थालाई मात्रै हेर्दा ग्राहकलाई टेलिभिजन हेर्न महँगो पर्ने तर कार्यक्रम पनि चाहेको हेर्न नपाउने अवस्था सिर्जना हुने बताउँछन् । 

“यसले गैरकानुनी रूपबाट टेलिभिजन हेर्न मानिसलाई बाध्य पार्न सक्छ,” उनले भने । जसका कारण सरकारले पाउँदै आएको राजस्व पनि गुमाउनेछ भने सेवा प्रदायकहरू पनि प्रभावित हुनेछन् ।  क्लिनफिडले गर्दा अब च्यानल हेर्न सस्तो नहुने सुबिसु केवलका प्रमुख कार्यकारी अधिकृत साउदको पनि बुझाइ छ । 

“क्लिनफिडबाट मलाई त आम्दानी बढ्छ । क्लिनफिडबाट पनि रेभेन्यु बढ्छ, किनभने मैले च्यालनमा पैसा बढाउन पाउछु । अर्को, विज्ञापनबाट पनि मैले पैसा पाउँछु,” उनले भने, “हिजोको दिनमा मैले विज्ञापनबाट अतिरिक्त पैसा पाउँदैनथें, अब त पाउँछु । अब त मैले टाइम स्लट बेच्न पाउछु । त्यो हिसाबले मलाई फाइदा छ, तर व्यवहारिकता हुनुपर्यो ।”

विज्ञापन बजार बढ्नेछ 

विज्ञापनरहित विदेशी च्यानल बज्न थालेपछि नेपाली विज्ञापन बजार शतप्रतिशतले बढ्ने दाबी विज्ञापन व्यवसायीको छ ।  आनका अध्यक्ष रिजाल क्लिनफिड लागु भए पनि नेपाली विज्ञापन बजार शतप्रतिशतले बढ्ने दाबी गर्छन् ।  बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपालमा बजाउन चाहे नेपालमै आएर बनाउनुपर्ने र ती विज्ञापन नेपाली मिडियामा प्रयोग गर्नुपर्ने हुन्छ । यसले सरकारको राजस्व बढ्ने, सञ्चार माध्यमलाई राहत र थप रोजगारीको अवसर बढ्ने व्यवसायी बताउँछन् । 

हालसम्म नेपाली बजारका लागि भनेर बहुराष्ट्रिय कम्पनीले विज्ञापन बनाएका छैनन् ।  उनीहरूले भारतीय च्यानलबाटै भारत र नेपाली बजारमा विज्ञापन गर्दै आएका छन् । 

यो कानुन लागु भएपछि कुनै पनि कम्पनीले एक अर्बको कारोबार गर्छ भनेर तीन करोड रुपैयाँ विज्ञापनका लागि खर्च गर्नैपर्ने र खर्च नगरेर सोहीबराबरको रकम सरकारलाई राजस्व बुझाउनुपर्ने व्यवस्था पनि गर्न लागेको रिजाल बताउँछन् । “त्यसैले नेपाली विज्ञापन बजार शतप्रतिशत बढ्छ,” उनले दाबी गरे । 
क्लिनफिड लागु भए कुनै पनि विदेशी कम्पनीले नेपाली बजार लक्षित गरेर नेपालमै र नेपाली कलाकारको प्रयोग गरी विज्ञापन बनाउनुपर्ने हुन्छ । 

यसले विज्ञापन नेपाली मौलिकतामा बन्ने र कलाकारलगायत अन्य व्यक्तिले रोजगारी पाउने सरकारको अपेक्षा छ ।  क्लिनफिडको अर्थ नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम विज्ञापनरहित हेर्नु हो । क्लिनफिड विश्वका धेरै मुलुकमा लागु हुँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro