site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागढुंगा सुरुङमार्ग निर्माण गर्न विस्फोटक पदार्थ ल्याउन बाटो खुल्यो, काम अघि बढाइने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ आयात गर्न सम्बन्धित कम्पनीले स्वीकृति पाएको छ । रक्षा मन्त्रालयले नेपाली सेनाको राय र सल्लाहका आधारमा अघिल्लोसाता विस्फोटक पदार्थ ल्याउन दिने निर्णय गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारका अनुसार नेपाली सेनाको राय र सुझावका आधारमा विस्फोटक पदार्थ ल्याउन दिने निर्णय भएको बताए ।

सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले विस्फोटक पदार्थ ल्याउन स्वीकृति पाइसकेको र उक्त विस्फोटक पदार्थ आउन तीनमहिना समय लाग्ने बताए ।  “निर्माणका लागि मेसिनरी सामान आयोजनाको साइडमा छन् । विस्फोटक पदार्थ ल्याएपछि निर्माण कार्य सुरु हुन्छ,” उनले भने । 

निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ ल्याउन प्रक्रिया सुरु गरिसकेको पनि उनले बताए ।  विस्फोटक पदार्थ प्रयोग हुने कामबाहेक अन्य कामका लागि कामदार ल्याएर काम सुरु गर्न थालेको पनि उनले बताए । “सुरुङ निर्माणका लागि सामान्य तयारीका काम भइरहेका छन्,” उनले भने ।

मुआब्जा विवाद टुङ्गियो

उपमहानिर्देशक थापाले मुआब्जा वितरण सम्बन्धी धादिङको केही क्षेत्रमा रहेको विवाद समाधान भएको बताए ।  धादिङतर्फको गुठीको जग्गामा विवाद थियो । गुठी ऐनअनुसार एक तिहाइ मोहीलाई र दुईतिहाइ गुठीलाई दिने भन्ने थियो ।  “मन्त्रिपरिषद्ले तोकिएको दरबाट ५०–५० प्रतिशत मोही र गुठीलाई मुआब्जा दिने निर्णय गरेको छ । अब सोहीअनुसार मुआब्जाको रकम पनि बाँड्दैछौ,” उनले भने ।

काठमाडौंतर्फको पहुँच मार्गको मुआब्जा वितरण सकिएको उनले बताए ।  तर बलम्बुमा बनाइनुपर्ने फ्लाइ ओभरका लागि थप केही जग्गा अधिग्रहण गर्नुपर्ने काम भने बाँकी रहेको उनले जानकारी दिए ।  त्यसका लागि मुआब्जाको प्रक्रिया अब सुरु हुने उनले बताए ।  तर, त्यसले सुरुङ मार्गको काम भने रोकिने छैन । मुआब्जा दिँदै सुरुङ मार्ग निर्माणको काम पनि अघि बढ्ने उनको भनाइ छ ।

फ्लाइओभर पनि बन्ने

सुरुङ मार्गको कूल लम्बाई २.७ किलोमिटर छ । आयोजना अन्तर्गत एउटा फ्लाइओभर बलम्बुमा, सुरुङको मुखमा एउटा अन्डर पास र अर्को अन्डरपास धादिङतर्फको सिस्नेखोलामा बन्नेछ । यो सुरुङमार्गको गत कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।  सरकारले सुरुङमार्ग निर्माणका लागि प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि ६ अर्ब ४२ करोड विनियोजन पनि गरिसकेको छ । 

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सुरुङ मार्ग देशकै पहिलो सडक सुरुङमार्ग हो । जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा यो सुरुङ मार्ग निर्माण गर्न लागिएको हो ।  सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  यसमध्ये जाइकाको १६ अर्ब रुपैयाँ सहयोग र ६ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।  

चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  आयोजना निर्माणका लागि जाइकासँग २०७३ पुसमा ऋण सम्झौता गरिएको थियो । सुरुङमार्ग जापानी हाज्मा आङदो कर्पोरेशनले निर्माण गर्नेछ ।  

फाइल तस्बिर 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro