site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनताको संकटमा धन्यवाद भोज ! 

विश्वमहामारी कोविड—१९को संक्रमणबाट बच्न भनेर नेपाल सरकारले २०७६ चैत्र ११ देखि गरेको बन्दाबन्दी (लकडाउन) अहिलेसम्म पनि छ । जनताको दबाब थाम्न गाह्रो भएपछि अहिले केही खुकुलो गरिएको भए पनि सामाजिक भेला, सम्मेलन तथा भोजभतेर, सार्वजनिक यातायात सञ्चालनआदिमा भने रोक लगाइएकै छ । 

सर्वसाधारण जनाताका लागि १५ जनाभन्दा बढी मानिस एकै स्थानमा भेला नहुन उर्दी जारी रहेको अवस्थामा राष्ट्रपतिले भने बृहत् भोजको आयोजना गरिन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका वरिष्ठ नेताहरुलाई बुधवार साँझ दिइएको भोजको उद्देश्य भने धन्यवाद दिन भनिएको छ । हाम्रा नेताहरुले त्यस्तो गरे र त्यसरी भोज नै आयोजना गरी धन्यवाद दिन पर्ने भयो त्यो पनि यस्तो संकटको समयमा ? 

Prabhu Bank
Agni Group
NIC Asia

कोरना भाइरसको संक्रमण बढिरहेको छ । वर्षा सुरु भयो । क्वारेन्टिन स्थलको अवस्था सबैलाई जानकारी नै छ । बाढिपहिरोका कारण जनता मरिरहेका छन् । तराईमा डुवान सुरु भइसकेको छ । जनता भोकमरीको चपेटामा छन् । स्कुलहरु बन्दछन् । सामान्य उपचारको अभावमा बिरामी मरिरहेका छन् । अर्थतन्त्र ध्वस्त प्रायः भएको छ । देशको खर्च र आयको अनुपात ३ः१ छ । राष्ट्रिय ढुकुटी रित्तो हुँदै छ र प्रशासनिक खर्चको लागि समेत दातासँग अनुनय विनय गर्नु परेको छ । यस्तो विषम परिस्थितिमा देशमा शासन गर्नेहरूले अलिकति मानवीय संवेदनशीलता देखाइदिएको भए हुन्थ्यो नि । 

हरेक कामको आआफ्नो समय हुन्छ । संयोग नै मान्नुपर्छ तत्कालीन राजा ज्ञानेन्द्रले जनता विषम परिस्थितिमा परेको कारण आफ्नो जन्मउत्सव स्थगित गर्ने निर्णय गर्नु र हाम्रा जनप्रतिनिधिले भोज गर्ने समय एउटै काम ठीक उल्टो । यसले हाम्रो बाटो कतै उल्टोतिर त गइरहेको छैन भन्ने सन्देह हुन थालेको छ । हाम्रो राज्य संयन्त्रहरुको गतिविधिका कारण जनतामा शासन व्यवस्थाप्रति नै अविश्वास देखिन थालेको छ ।  अहिलेको अवस्थाप्रति कोही पनि सन्तुष्ट देखिँदैन ।

Global Ime bank

नेपालको विकास निर्माणमा भएको समस्या र अहिलेको भद्रगोल व्यस्थापनको मुख्य कारण संवैधानिक निकायहरुको अक्षमता हो र त्यसको कारण चाहिँ तिनमा पूर्वकर्मचारीको भर्ती नै हो । संवैधानिक संस्थामा पूर्वकर्मचारी नियुक्त गर्नु उपयुकत होइन । यसै पनि तिनको क्षमता कर्मचारी छँदा नै देखिइसकेको हुन्छ । एउटा चरम बिन्दुमा पुगेपछि त्यसको उत्पादकत्व ह्रास हुँदैजाने त सर्वमान्य सिद्धान्त नै हो । अर्को, एउटा प्रणालीको अंगका रूपमा दीक्षित व्यक्ति त्यस प्रणालीभन्दा माथि उठेर काम गर्न सक्तैन । उदाहरणका रूपमा अहिलेका अर्थमन्त्रीलाई लिन सकिन्छ ।

हाम्रो प्राथमिकता विकास र समृद्धि हो भने त्यसले हाम्रै मूल्य मान्यता बोकेको हुनुपर्छ । आफ्नो पहिचानको संरक्षण नगर्दासम्म हामी सम्पन्न पनि हुन सक्तैनौ । कृषि, पर्यटन, धर्म, कलासंकृति, प्राकृतिक जडीबुटी, अनुसन्धान, उत्पादन क्षमतायुक्त जनसंख्या इत्यादि विकासका आधारस्तम्भ हुन् । स्थानीय र संघीय सरकारको निकटम सहकार्यमा प्राथमिकता निर्धारण गरी स्थानीयतामा आधारित कार्यक्रम बनाएर जान सक्यो भने त्यसले स्थानीय स्रोतसाधानको उपयोग हुन्छ । युवा जनशक्ति विदेशिनबाट जोगाएर स्थानीय स्तरमान नै रोजगारी दिन सकिन्छ । यसले बल्ल समविकास उद्देश्य पनि पूरा हुन्छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement