site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी प्रमुखलाई ढुंगा हान्‍ने बाबुछोराविरुद्ध सार्वजनिक मुद्दा

दाङ । मापसे चेकजाँचमा खटिएका प्रहरी प्रमुखलाई ढुंगा हान्‍ने बाबु छोराविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि बिहीबार राति साढे १० बजे बाबु छोराले ढुंगाले हानेका थिए ।

बबई गाउँपालिका वडा नं। ६ का ४५ वर्षीय चित्रबहादुर डाँगी र उनका छोरा २७ वर्र्षीय छोरा हेमलाल डाँगीका विरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । 

Argakhachi Cement Island Ad

बाबुछोरा मापसे गरी हो–हल्ला गर्दै आउँदा प्रहरीले सम्झाउन खोज्दा उनीहरुले प्रहरी निरीक्षक केसीको टाउकोमा ढुँगाले प्रहार गरि घाइते बनाएको इलाका प्रहरी कार्यालय तलसीपुरका प्रबक्ता चक्रडम्मर पालले जानकारी दिएका छन् ।

घाइते प्रहरी निरिक्षक केसी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि काममा फर्कि सकेका छन् । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  २१:२८
प्रतिक्रिया दिनुहोस्