site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनामा विद्यालय : संस्थागतमा पढाइ, सामुदायिकमा पर्खाइ

चितवन । कोराना भाइरसका कारण देशमा लकडाउन जारी भएको साँढे २ महिना पुग्न थाल्यो । यतिबेला केही अत्यावश्यक क्षेत्रबाहेक सबै ठप्प छन् । लकडाउनको असर विशेष गरी आर्थिक क्षेत्रमा परेको छ । योसंँगै शिक्षा क्षेत्रमा पनि यसले असर परेको छ । एकातिर एसईई हुन सकेको छैन, विद्यालयको भर्ना र पढाइ पनि हुन सकेको छैन । अर्कोतिर क्याम्पसका पठनपाठन र परीक्षा पनि पर धकिलिएका छन् । जसका कारण अभिभावक अन्योलमा छन् भने विद्यार्थी बेचैन बनेका छन् । यस्तो परिस्थितिलाई केही मत्थर पार्न चितवनका अधिकांश संस्थागत विद्यालयले अनलाइन कक्षालाई निरन्तरता दिएका छन् । तर झन्डै ५० प्रतिशत विद्यार्थी पढ्ने केही सामुदायिक विद्यालयमा भने अनलाइन कक्षा सञ्चालन गरिए पनि सबै विद्यार्र्थीको पहुंँचमा पुग्न सकेको छैन । 

भरतपुर महानगरपालिका १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयमा अनलाइन कक्षाको अभ्यास गरिए पनि ३० प्रतिशतको हाराहारीमा मात्र विद्यार्थीको सहभागिता छ । विद्यालयले हाल ९, १०, ११, १२ का लागि अनलाइन कक्षा सञ्चालन गरेको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडी अनलाइन कक्षाको अभ्यास ठूला कक्षामा गरिए पनि साना कक्षामा सुरु गर्न नसकिएको बताउंँछन् । “हामीले ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन त गरेका छौं,” उनले भने, “यो अभ्यासमा सबै पहुंँचमा छैनन्, करिब ३० प्रतिशत होलान् ।” लकडाउनको स्वरूप फेरेर सरकारको निर्देशन पर्खनुको विकल्प नरहेको उनले बताए । उनका अनुसार असार १ बाट अन्य साना कक्षालाई पनि दूरशिक्षा, भर्चुअल शिक्षामा लैजाने तयारी भइरहेको छ । लकडाउनलाई मात्र कुरेर बस्न नसकिने र पढाइलाई अब ढिला गर्न नहुने उनको भनाइ छ । 

हुन त प्याब्सन, एन.प्याब्सन, हिसानलगायत निजी शिक्षण संस्थाका छाता संगठनले सरकारसंँग असार १ देखि नयाँ भर्ना खोल्न सहजीकरणको माग बिहीबार (हिजो) मात्र गरेका छन् । अधिकांश संस्थागत विद्यालय भाडाको घरमा छन् भने शिक्षकहरूले नियमित तलब पाउन सकेका छैनन् । 

करिब डेढ महिना अघिदेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएका संस्थागत विद्यालय लिटिल फ्लावर स्कुल नारायणगढका प्राचार्य फादर रोवी पहिले केही सकस भए पनि अहिले सहज रूपमा सबै विद्यार्थीलाई अनलाइन कक्षामा समेट्न सकिएको बताउंँछन् । “हाम्रोमा झन्डै दुई हजार विद्यार्थी छन्, १५ सयजति विद्यार्थीलाई समेटेर पढाउन सफल भएका छौं ।” विद्यालयले व्यवहारिक कक्षा दिन नसके पनि पाठ्यपुस्तकका कोर्स, अनलाइन पढाइ, र गृहकार्य दिँदै आएको उनले जानकारी दिए । प्राचार्य रोवीले विद्यालयलाई सहज रूपमा सञ्चालन गर्न भर्ना प्रक्रिया जतिसक्दो चांँडो सुरु गर्नुपर्ने बताए । 

संस्थागत विद्यालयले जेनतेन पढाइ थाले पनि सबैको पहुंँचमा इन्टरनेट र ग्याजेट छैनन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी यसको लाभबाट वञ्चित छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी लकडाउनको अवधि लम्बिएका कारण र स्रोतसाधनका लागि केही पूर्वतयारी पनि नगरिएका कारण सबैजसो सामुदायिक विद्यालयमा अनलाइन कक्षा सुरु गर्न नसकिएको बताउंँछन् । “सामुदायिक विद्यालयमा पढ्ने सबैजसो विद्यार्थी मध्यम र निम्नवर्गीय परिवारका हुन्छन्,” उनले भने, “विद्यालयमा पनि अनलाइन कक्षाको लागि साधन–स्रोत उपलब्ध हुँदैन ।” लामो समयसम्म लकडाउन लम्बिएका कारण अब विकल्प खोज्न ढिला गर्न नहुने उनले बताए । “अब कुनै पनि प्रक्रिया स्रोतबाट कक्षा सुरु गरिनुपर्छ, । सरकारको नीति निर्देशनअनुसार र स्थानीय सरकारकाले पनि आन्तरिक पहल गर्न ढिला गर्नु हुँदैन,” उनले थपे । 

जिल्लामा सामुदायिक र संस्थागत गरी ५१९ विद्यालय छन् । जहांँ २ लाख १७ हजार ५ सय ७९ विद्यार्थी अध्ययनरत छन् । जिल्लामा प्याब्सनमा मात्र आबद्ध १५७ विद्यालय आबद्ध छन् । जिल्लामा ५० प्रतिशतको हाराहारीमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थी छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro