site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दाङलाई केन्द्र सरकारको चार अर्ब ३८ करोड ७७ लाख बजेट

फाइल तस्बिर 


दाङ । दाङमा यस वर्ष केन्द्र सरकारले चार अर्ब ३८ करोड ७७ लाख बजेट पठाएको छ । संघ, प्रदेश र आन्तरिक राजश्वका आधारमा दाङका स्थानीय सरकारले उक्त प्राप्त गर्ने भएका हुन् । 

Argakhachi Cement Island Ad

संघीय सरकारले दाङको सबैभन्दा बढी घोराही उपमहानगरपालिकालाई बजेट उपलब्ध गराएको छ । सबैभन्दा कम दंगीशरण गाउँपालिकालाई उपलब्ध गराएको छ । समानीकरण, सशर्त र समपुरक शीर्षकमा घोराही उपमहानगरपालिकाका लागि ९७ करोड ५१ लाख बजेट आएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका लागि ८९ करोड ७८ लाख , लमही नगरपालिकाका लागि ४६ करोड ६२ लाख बजेट प्राप्त भएको हो । 

राप्ती  गाउँपालिकाकालागि लागि ३३ करोड १२ लाख, गढवाका लागि ३३ करोड ६७ लाख र राजपुरका लागि २७ करोड १५ लाख , बंगलाचुलीका लागि ३० करोड ४५ लाख, शान्तिनगरका लागि २८ करोड ९८ लाख, दंगीशरणका लागि २३ करोड र बबईका लागि २८ करोड ४९ लाख रुपैया व्यवस्थापन गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १९:५८
प्रतिक्रिया दिनुहोस्