site stats
बाह्रखरी :: Baahrakhari
विदेश
'आगामी ६ महिनामा दुबईका ७० प्रतिशत कम्पनी बन्‍द हुनसक्‍ने'

दुबई । दुबईको चेम्बर अफ कमर्सले गरेको एक सर्वेक्षण अनुसार दुबईका करिब ७० प्रतिशत कम्पनी आगामी ६ महिनामा बन्द हुनसक्ने जनाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा कम्पनी बन्द हुने भएकाले बेरोजगारीको संख्या बढ्‍ने चेतावनी दिइएको छ । बिहीबार साँझ सार्वजनिक गरिएको एक सर्वेक्षणको नतिजा अनुसार दुबईका ९० प्रतिशत कम्पनीका अनुसार २०२० को पहिलो तीन महिना उनीहरुको सेल र टर्नओभरमा ठूलो गिरावट आएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुबई चेम्बर अफ कमर्सका अनुसार महामारीका कारण वैश्विक आर्थिक मन्दीको ठूलो असर साना तथा मझौला उद्योगमा पर्ने बताइएको छ । 

पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकांश कम्पनी, रियल स्टेटका आधाभन्दा बढी कम्पनी, होटल-रेस्टुरेन्टका मालिकसमेत जो रियल स्टेटमा आबद्धहरुका अनुसार उनीहरुको काममा ७० प्रतिशत गिरावट आएको र आगामी तीन महिनामा स्थिति थप भयानक हुनेछ ।

सर्वक्षणमा सामेल भएका ४८ प्रतिशत कम्पनीले यस महामारीबाट माथि उठ्नसक्न‍ कुनै तयारी, योजना र विकल्पहरु नभएको बताएका छन् । कोरोना भाइरसको महामारीबाट माथि उठ्नका लागि विभिन्‍न शुल्क तिर्न ढिलाइ भएकाजस्ता विभिन्‍न कानुनी कारबाहीबाट राहत दिनुपर्ने, कम्पनी भएका घरको भाडा छुट दिनुपर्ने, यससँग जोडिएका केही खर्चमा कमी गर्नुपर्ने, सरकारी कर छुट दिनुपर्ने र सरकारले केही आर्थिक सहयोग गर्नुपर्ने सुझावसमेत दिएको चेम्बर अफ कर्मसले जनाएको छ । - बीबीसी 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्