site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनामा मार्टिनेजले धेरै सिक्नेछन् : स्टोइचकोभ

एजेन्सी । इटालियन सिरी ए क्लब इन्टर मिलानमा स्ट्राइकर मार्टिनेजले बार्सिलोनामा धेरै कुरा सिक्न सक्ने हृस्टो स्टोइचकोभले बताएका छन् । उनले बार्सिलोनामा आफ्ना राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीसँगै ला लिगामा धेरै सिक्न सक्ने बताए । 

मार्टिनेजलाई बार्सिलोनाका लागि मिलानले ढोका खुला गरेको बताइएको छ । कोरोना भाइरस महामारीले लिग स्थगित हुनुपूर्व उनले सिजन २०१९–२० का सबै ३१ खेलमा १६ गोल गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उनी बार्सिलोनामा धेरै कुरा सिक्न सक्नेछन् । उनीसँग लियोनल मेस्सी, एन्टोनी ग्रिजमन र ओस्माने डेम्बेलेको राम्रो समझदारी हुनेछ । उनी धेरै प्रतिस्पर्धा गर्न मन पराउँछन् । उनले गोलसँगै आफूलाई पनि सुधार्दै लगेका छन् । यस वर्ष उनले आफूलाई प्रमाणित गर्दै छन्,” उनले भने, “उनी खेल्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न होइन । महत्त्वपूर्ण विषय भनेको प्रतिस्पर्धा गर्नु हो । उनले राम्रो प्रशिक्षण लिनुपर्छ । आफ्नै शैलीमा खेल्नुपर्छ ।”

धेरैले मार्टिनेजलाई बार्सिलोनाका लागि मिलान छोड्न आग्रहसमेत गरेका छन् । मेस्सीले मार्टिनेजलाई बार्सिलोनाका लागि खेल्न आग्रह गरेको खुलासा भएको छ ।  मेस्सीले विश्वास गरेका छन् कि मार्टिनेज चाँडोभन्दा चाँडो बार्सिलोनामा अनुबन्ध हुनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्