site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठाका सेवाहरु बन्द 
Sarbottam CementSarbottam Cement

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले प्रदान गर्दै आएका सम्पूर्ण बहिरंग र अन्तरंग सेवाहरु बन्द गरेको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा मंगलवारदेखि ती सेवाहरु बन्द गरेको जानकारी दिएका छन् ।

कोरोना भाइरसका विरामीलाई भर्ना गरी उपचार गर्नुपर्ने भएको हुँदा बहिरंग र अन्तरंग सेवाहरु बन्द गर्नु परेको देवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिष्ठानलाई कोरोना डेडिकेटेड अस्पतालका रुपमा पहिचान गरिएको छ । प्रतिष्ठानले दिदै आएका सेवाहरु बन्द गर्दा पर्न गएको असुविधा प्रति क्षमामाग्दै सर्वसाधारणलाई नजिकको स्वास्थ्य संस्था वा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि जान आग्रह गरिएको छ ।

साथै प्रतिष्ठान अन्तरगत अन्तरगत रहेका सम्पूर्ण स्याटेलाईट अस्पतालहरुले मन्त्रालयमा पेश गरे बमोजिम आइसोलेट बेडहरु र जनशक्ति तयारी अवस्थामा राखी उपचारको व्यवस्था गर्न आग्रहपनि गरिएको छ । 

Global Ime bank

विज्ञप्तिमा स्याटेलाईट अस्पतालहरुलाई केही सहयोग आवश्यक परे प्रतिष्ठानमा सम्पर्क गर्न आग्रहपनि गरिएको छ । कोरोना माहामारी तथा विरामी चापका आधारमा थप आवश्यक निर्णयहरु गरिने जानकारी दिइएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement