site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरबेटीले बस्न दिँदैनन्, कार्यालयमा कोरोना रिपोर्ट खोज्छन् !
SkywellSkywell

काठमाडौं । मंगलबार काठमाडौंमा कोरोना संक्रमण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार परीक्षण गर्नेको संख्या बढेको छ । अस्पतालमा कोरोना परीक्षण गर्न आएका लाइनमा बसेका बानेश्वरमा कोठा लिएर बसेका रामलाल पासवान (हिजो) मंगलबार बेलुका बारा कलैयाबाट आएका थिए । 

सरकारले विभिन्न ४२ वटा उद्योग खोल्ने बताएपछि उनी काम गर्ने ग्रिल कम्पनीका मालिकले बोलाएपछि आएको उनले बताए । उनले भने, “काम गर्ने ठाउँको साहुले कम्पनी खुलेको छ, काम गर्न आउनु भनेपछि आएको हो ।” उनी ४५ दिनअघि बारा तीन छोराछारी र श्रीमती लिएर कलैया गएका थिए । “काठमाडौं आएँ तर यहाँ न घरबेटीले कोठा बस्न दिए, न कम्पनीको साहुले काम नै दिए,” उनले भने । 

“घरबेटीले तिमी कोठामा आउँदै नआउनु भनेका छन्” उनले मलिन अनुहार लगाएर भने, “मैले दाइ कोरोना परीक्षण गरेर रिर्पोट लिएर आउँछु तर तपाईंको घरको कोठामा बस्न दिनुहोस् भनेको रिर्पोट नक्कली बनाएर ल्याउँन सक्छौ, कोठामा बस्न दिन्न भने ।”

KFC Island Ad
NIC Asia

आज कोरोना परीक्षणको रिपोर्ट लिएर जाँदा घरबेटीले बस्न दिएनन् भने बाटोमै बस्ने उनले बताए । उता मालिकले पनि कोरोना बढ्यो परीक्षण रिपोर्ट लिएर आउनु अनि मात्र काम दिन्छु भनेको उनले सुनाए ।

०००

Royal Enfield Island Ad

बानेश्वर बस्ने ४० वर्षका कमल थारु सोमबार बेलुका काठमाडौं आएका हुन् । ‘‘एउटै घरमा १० वर्षदेखि बस्दै आएको थिएँ । घरमा आमा बिरामी भएर बर्दिबास गएका थिएँ । मेरो परिवारका छोरी, छोरा र श्रीमती कोठामा नै बस्दै आएका छन् । टोलका मानिसहरू कोरोना परीक्षण गर्न जान भनेका थिए । म पनि कोरोना परीक्षण गर्न टेकु आउन मोटरसाइकल तयार गर्दै थिएँ । वरपरका छिमेकी टोलका अन्य मानिसहरूले एम्बुलेन्स बोलाई सकेका रहेछन् । आउन त आएँ एम्बुलेसनमा तर जान समस्या छ,’’ उनले भने, “कोरोना परीक्षणको रिपोर्ट लिएर मात्र कोठा आउन घरबेटीले भनेका छन् ।”

०००

लगनखेलबाट कोरोना परीक्षण गर्न टेकु अस्पताल आएकी मनमाया बराल । उनी लकडाउन सुरु हुनुभन्दा अघि रामेछाप गएकी थिइन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा दुबई गएका छन् । उनी घर रामेछाप गएको २५ दिनको दिन घर आग्लागी भयो । सबै जलेर सकियो । “आफ्नो भएको एउटा घर पनि जलेर खरानी भयो,” उनले सुनाइन्, “छिमेकी दिदीको घरमा बस्दै आएका थियौं आमा छोरा ।”

त्यही समयमा नियमित लिने मधुमेहको इन्सुलिन समेत सकियो । दिनमा तीनपटक इन्सुलिन लिनुपर्थ्यो । उनले भनिन्, “मैले प्रयोग गरेको इन्सुलिन रामेछापमा पाइएन । स्थानीय वडामा औषधि सकिएको र पुन: जाँच गर्नुपर्ने जानकारी दिइन् ।

वडा अध्यक्षले पाससहित एम्बुलेन्स व्यवस्था गरिदिए । उनी मंगलबार (हिजो) राति लगनखेल आफ्नो कोठामा आइपुगिन् । तर, उनको कोठा छेउकै अर्की महिलाले यी आमा छोरालाई कोरोना लागेको छ भन्दै वरपरका टोलछिमेकका मानिसहरू बोलाइन् । भनिन्, “यी आमा–छोरालाई कोठामा बस्न दिन हुँदैन भनेर अन्य टोलछिमेकी बोलाएर मानिसहरूलाई ल्याएर हामीलाई त्यो कोठाबाट पाखुरामा समातेर एम्बुलेन्स बोलाएर गलहत्याए ।”

“यहाँ कोठामा फर्केर नआउँनु जहाँबाट आएको थियो त्यही जानु भने अब कहाँ जाने ? मलाई त एकदमै तनाब भएको छ,” उनले भनिन् । 

०००

टेकु अस्पतालमा एम्बुलेन्समा चढेर कोरोना परीक्षण गर्न आएकी रानीवनकी कमला थापा । गत वैशाख १० गते उदयपुर घर गएकी थिइन् । घरमा छोरी भर्‍याङबाट लडिन् । टाउकोमा चोट लागेको थियो ।

विराटनगर अस्पताल छोरीलाई तुरुन्त एम्बुलेन्समा राखेर लगियो । तर विराटनगरले उनलाई काठमाडौं रिफर गरिदियो । काठमाडौंमा उपचार गर्दा केही दिन अस्पतालमै रहेर उपचार गरियो तर कोठा जाँदा घरबेटीले कोरोना परीक्षणको रिपोर्ट लिएर आए मात्र बस्न दिने बताएपछि उनी टेकुमा कोरोना परीक्षण गर्न आएको बताइन् । 

०००

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले पछिल्लो केही दिन यता कोरोना परीक्षण गर्नेको संख्या बढेको बताए । उनले भने, “अन्य दिनको भन्दा आज परीक्षण गर्न आउनेको संख्या बढेको छ । मानिसमा एक त्रास र जचेतना दुवै देखिएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro