site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अहिलेजस्तै सुन्दर वातावरण कसरी बनाउने ?

काठमाडौं । कोरोना भाइरसले विश्वका प्रायः सबै देश लकडाउनमा छन् । लकडाउनका कारण विश्व आर्थिक रूपमा थलिएको छ । तर, लकडाउनले पर्यावरणमा भने सकारात्मक प्रभाव पारेको देख्न सकिन्छ ।

कोरोना नफैलियोस् भनेर प्रायः कलकारखाना बन्द छन् भने सडकमा मोटरगाडी न्यून चलेका छन् ।  जसका कारण वायु प्रदूषण कम भएको छ । विज्ञहरूका अनुसार प्रदूषण कम भएकै कारण ओजोन तहमा भएको विनाश पनि रोकिएको छ ।

काठमाडौंको वातावरणमा पनि लकडाउनका कारण सकारात्मक असर परेको देख्न सकिन्छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ महानगरले वातावरण सन्तुलन बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका कारणले वातावरण सफा भएको बताउँछन् ।

Dabur Nepal

“केही समय अगाडिदेखि महानगरले ब्रुमर चलाएर सडकमा भएको धूलो सफा गरेका कारणले अहिले वातावरण सफा भएको हो ।” उनी लकडाउनअगाडि काठमाडौं फोहोर हुने मुख्य कारण घरायसी फोहोर मैला व्यवस्थापनको कमजोरी भएको बताउँदै भन्छन्, “हामीले महानगरको फोहोर उठाउन टोल–टोलमा गाडी पठाए पनि जथाभावी फाल्ने गर्दा फोहोर भएको हो ।”

लकडाउनका कारण मानिस घरघर गएको र यातायातका साधन कम चलेको कारण पनि सहर सफा भएको उनको बुझाइ छ ।

उपत्यका फोहोर हुनुको अर्काे कारण घरायसी फोहोर भएकाले यसको व्यवस्थापन अझै राम्रो बनाउनुपर्ने उनको सुझाव छ । “लकडाउन खुलेपछि मानिसले घरमा उत्पादन भएको फोहोरहरू कुहिने र नकुहिने छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्यौं भने फोहोर कम हुन्छ,” उनले भने । 

वातावरणविद् भुषण तुलाधर काठमाडौंको वातावरण यति राम्रो नभएको धेरै वर्ष भएको सुनाउँदै भन्छन् “लकडाउन र समयमा पानी परेका कारण सहर यति सफा भएको हो ।” सवारीसाधन कम चलेकाले मात्रै वातावरण सफा नभएको उनी बताउँछन् । भन्छन्, “लकडाउन सुरु हुँदा कम भएको उपत्यकाको वायु प्रदूषण दुई सातापछाडि एकैपटक बढेको थियो । यसको कारण मानिसले खेतबारीमा भएको फोहोर बालेको र काठमाडौं उपत्यकाको पश्चिमतिर डढेलो लागेको थियो । पानी परे पछाडि त्यो पनि बन्द भयो ।” 

वातावरण सफा गर्न यातायातको साधन मात्रै बन्द गरेर नहुने उनको तर्क छ । तर उपत्यकाको वायु प्रदूषणको मुख्य स्रोत सवारीसाधन भएको कुरा भने उनी नकार्दैनन् । त्यसैले समयमै सचेत भएर विद्युतीय सवारीसाधनको संख्या बढाउनुपर्छ । तुलाधर भन्छन्, “एकैपटक ल्याउन नसके पनि १० वर्षभित्र उपत्यकामा विद्युतीय सवारीमात्र चलाउने उद्देश्य लिएर जानसक्यौं भने सम्भव हुन्छ ।”

उनी केही दिनयता सामाजिक सञ्जालमा पानीजहाज कार्यालयले डेढ करोडको गाडी किन्न लागेको कुरां चर्चामा रहेको सुनाउँदै भन्छन्, “राष्ट्रपतिले ६० लाखको विद्युतीय गाडी किन्दा कुनै हाकिमले चाहिँ डेढ करोड तिरेर डिजेलको गाडी चढ्न खोज्नु नराम्रो हो ।” 

अब सरकारले विद्युतीयलाई प्रोत्साहन गर्न सरकारी कार्यालयले यसको सुरुवात गर्नुपर्ने उनको धारणा छ । भारतमा समेत विद्युतीय बस किन्दा एक करोड सहयोग गर्छ भन्दै उनी थप्छन्, “नेपालमा पनि विद्युतीय बसका लागि लगानी गर्नुपर्छ ।” 

विश्वको धेरै देशमा कम प्रदूषण गर्ने उद्योगहरू सञ्चालन हुने बताउँदै उनी नेपालमा पनि कम प्रदूषण हुने उद्योगलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । 

अहिले कोरोनासमेत वायु प्रदूषण भएको ठाउँमा धेरै असर परेको कारण सरकारले जनताको स्वस्थ्यलाई ख्याल राखेर विकास गर्नुपर्छ । “बाटोको किनारामा भएका बोटबिरुवाले २४ प्रतिशत वातावरण सफा गर्न मद्दत गर्छ,” उनी भन्छन्, “त्यसैले सहरका बाटोघाटोमा रूख बिरुवा धेरै मात्रामा रोप्नुपर्छ ।”

लामो समयदेखि वातावरण जोगाउने अभियान सञ्चालन गर्दै आएका अभियन्ता विराजभक्त श्रेष्ठ हाम्रो विकासको अवधारणै गलत भएको बताउँछन् । “गाउँका डाँडाभरि बाटो पु¥याउन बिनाअध्ययन नगरी बाटो बनाएका कारणले वातावरणलाई विनाश गरेको छ ।”

उनी काठमाडौंको वातावरण बिगार्ने मुख्य कुरा प्लाटिकका फोहोर र अव्यवस्थित ढल निकासी हो । हामीले प्लाटिक प्रयोग गर्ने प्लास्टिकको विकल्प खोज्नुपर्ने र ढललाई समेत उचित व्यवस्थापन गरिनुपर्ने बताउँदै उनी भन्छन्, “विश्वमा धेरै देशमा ढलहरू प्रशोधन गरेर खानयोग्य बनाएको छ । काठमाडौंमा पनि यो सम्भव छ ।” 

विगत केही दशकयता काठमाडौंका खुला ठाउँहरू व्यापक अतिक्रमण गरेर बस्ती बिस्तार हुँदै गरेको उनी बताउँछन् । “अव्यवस्थित सहरीकरण रोक्नुपर्छ र खुला पार्कको अवधारणमा अघि बढ्नुपर्छ,” श्रेष्ठले भने ।

तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro