site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीसीआर परीक्षण घट्दै तर कोरोना संक्रमण बढ्दै
SkywellSkywell

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को नमुना संकलन गरेर परीक्षण गर्ने आरएनए एस्ट्राक्सन कीटको अभाव देखिन थालेको छ । यो थ्रोट स्वाबको नमुना संकलन गरेपछि परीक्षणको प्रक्रियामा आरएनए एस्ट्राक्सन कीट र पीसीआर कीट दुवै आवश्यक पर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले बताए ।

आरएनए एस्ट्राक्सन कीटबिना कोरोनाको नेगेटिभ र पोजेटिभ रिर्पोट आउँदैन । आरडीटी किटलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । 

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले केही दिन अघिसम्म ५ सयदेखि ६ सय वटा नमुना परीक्षण हुँदै आएकोमा अहिले करिब २ सय वटा मात्र कोरोना परीक्षण हँुदैआएको जानकारी दिए ।

KFC Island Ad
NIC Asia

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पीसीआर (रिजेन्ट) किट रहेको तर आरएनए एस्ट्राक्सन कीट कम रहेको बताए । उनले अहिले आरडीटी कीट ३० हजार रहेको बताए ।

उनले भने, “आरटीपीसीआर परीक्षण गर्ने आरएनए एस्ट्राक्सन किट दुईदेखि ३ हजार रहेको छ ।”

Royal Enfield Island Ad

कोभिड परीक्षण गर्ने ल्याबमा पीसीआर प्रोसेसिङका लागि चाहिने आरएनए एस्ट्राक्सन कीट अभाव हुन थालेपछि परीक्षण संख्या घटाउन थालेको स्वास्थ्य सेवा विभाग स्रोत बताउँछ । देशका १८ स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भए तर परीक्षणको दर भने दिनप्रतिदिन घटिरहेको छ । 

स्वास्थ्य तथा जनसंख्याको पीसीआर परीक्षणको तथ्याङ्क हेर्दा वैशाख १७ गतेसम्म ११ हजार ४६७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा २४ घण्टामा ७२२ जनाको कोरोना परीक्षण भएको थियो । वैशाख १८ गते कोरोना परीक्षण १२ हजार ११ जनाको पीसीआर विधिबाट भएको छ । जसमा २४ घण्टामा ५४४ जनाको  कोरोना परीक्षण गरिएको थियो ।

त्यसैगरी, वैशाख, १९ गते, १२ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा गत २४ घण्टामा ५६६ जनाको कोरोना परीक्षण गरिएको छ । वैशाख २० गते, १३ हजार ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा २४ घण्टामा ५सय २१ जनाको परीक्षण गरिएको छ ।

वैशाख, २१ गते १३ हजार ४२४ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएको छ । २४ घण्टामा ३२६ जनाको गरिएको थियो । वैशाख २२ गते १३ हजार ६४० जनाको परीक्षण गरिएकोमा २४ घण्टामा  २१६ जनाको परीक्षण भएको थियो । वैशाख २३ गते (मंगलबार) १३ हजार ८५० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा २४ घण्टा २१० जनाको कोरोना परीक्षण भएको छ ।

गत चैत्रमा ओम्नी समूहले ल्याएको दश हजार आरएनए एस्ट्राक्सन कीट ल्याएको थियो त्यसबाहेक हालसम्म अन्य विभागले खरिद गरेको छैन् ।

नेपालगन्ज उपमहानगरपालिका मेयर दुवाल शम्शेर रानाका अनुसार अहिले कोरोना परीक्षणका लागि २५० किट आएको छ । तर देशैभर किट अभाव भएकाले हामी कम किट आएको उनले जानकारी दिए । आज १५० जनाको नमुना संकलन गरेर परीक्षणको क्रममा रहेको उनले बताए ।

उपमहानगरपालिका उपमेयर उमा थापाका अनुसार एक हजार कीट मागेकोमा जम्मा २५० वटा मात्र आएको छ, जुन पर्याप्त होइन । “विभागले अहिले सकिएको छ, थोरै–थोरै मात्र प्रयोग गरेर परीक्षण गर्न भनेको छ,” उनले भनिन् । नेपालगन्जमा मात्र २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

जनस्वास्थ्य विज्ञहरूका कोरोना भाइरसको परीक्षण हालका लागि उत्तम विधि भनेको पीसीआर विधि नै रहेको बताउँछन् । मन्त्रालयका अनुसार देशभर ११५ जनाको नमुना परीक्षण रिपोर्ट आउने प्रक्रियामा रहेको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १५ हजार आरएनए एस्ट्राक्सन कीट १५ हजार पीसीआर रिएजेन्ट र २५ हजार भिटिएम खरिदका लागि खुलाएको  थियो । जसको टेन्डर आँखु इन्टर प्राइजेज प्रालिले पाएको थियो । तर करिब दुई साता बित्दा पनि त्यो प्रालिले ल्याउन सकेको छैन । 

हालसम्म कोरोना संक्रमितको ८७ जना पुगेका छन् । जसमा ६६ जना अस्पतालमा उपचाररत छन् भने १६ जना निको भएर घर गएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro