site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको कार्यशैलीप्रति सशक्त आन्दोलन गर्ने चितवन कांग्रेसको चेतावनी 

चितवन । सरकारको पछिल्लो कार्यशैलीको विरोधमा नेपाली कांग्रेस चितवनले चरणबद्ध आन्दोलनलाई निरन्तरता दिएको छ ।

सांसद अपहरण, अध्यादेशलगायत चितवनमा भएको कोरोना बिशेष अस्पतालको अनियमितताको सत्यसत्य छानबिन गर्न ढिलाइ गरेको भन्दै दैनिक प्रदर्शन गर्दै आएको छ । आज तरुण दल चितवनले चौबीसकोठीमा सरकारको विरोधमा प्रदर्शन गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तरुण दलको अगुवाइमा भएको प्रदर्शनमा नेपाली कांग्रेस चितवनका सचिवद्वय उत्तम जोशी, राजीव न्यौपाने, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, पूर्वअध्यक्ष राजेश्वर खनाललगायत कांग्रेसका अन्य भ्रातृ संगठनले ऐक्यबद्धता जनाएका थिए । 

सो क्रममा प्रतिक्रिया दिँदै सचिव जोशीले सरकारको पछिल्लो कार्यशैलीप्रति जनता निराश भएको भन्दै लकडाउनको समयमा पनि प्रदर्शन गर्न बाध्य भएको बताए । महामारीको समयमा पनि भष्ट्राचार र अनियमितता बढ्दै गएको भन्दै उनले यस्ता दोषीलाई कारबाही गर्नुपर्ने भन्दै आक्रोश पोखे । भष्ट्राचारी र अनियमितता गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै संरक्षण गरेकाले कांग्रेस सडक संघर्षमा आउनुको विकल्प नरहेको बताए । “हामी अझ सशक्त ढंगले सडक संघर्ष चर्काउँछौं, जबसम्म दोषीलाई कारबाही हुँदैन,” उनले भने ।

संगठनका विभिन्न पदाधिकारी, विद्यार्थीहरूले सरकारको विरोधमा लेखिएका विभिन्न प्लेकार्ड बोकेका थिए । नेपाली कांग्रेस चितवनले केही दिनदेखि भ्रष्टाचार र अनियमतताको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सडक प्रदर्शन गर्ने, मसाल जुलुस निकाल्नेलगायत कार्य तीव्र बनाइरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १४:११
प्रतिक्रिया दिनुहोस्