site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
द्वन्द्वकालमा लुकाइएको बम बालबालिकाले खेलाउने क्रममा विस्फोट, ४ बालबालिकाको मृत्यु
Sarbottam CementSarbottam Cement

दाङ । रोल्पामा बम विस्फोटामा परि चार बालबालिकाको मृत्यु भएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पुरानो बमलाई गहुँको बारीमा खेलाउने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी गुरुङका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाँउपालिका ७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीय बिमल डाँगी, ५ वर्षीय विजय  खत्री,  वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली रहेका छन् ।

घटनास्थलमा फेला परेको बम हाई एक्सप्लोसिभ (एच-ई) बम हुन सक्ने बताइएको छ । नुवागाउँ, जुगार र होलेरीबाट प्रहरीको टोलि घटना स्थल पुगिसकेको प्रहरी प्रमुख  गुरुङले जानकारी दिए ।

Global Ime bank

 द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

रोल्पामा बेवारिसे बम विस्फोट, ४ बालबालिकाकाे मृत्यु 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय