site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनमा हिंसा !
Sarbottam CementSarbottam Cement

दाङ । लकडाउनको समयमा दाङमा ८ महिला तथा बालबालिका हिंसामा परेका छन् । चैत ११ देखि वैशाख ११ सम्ममा यी विषयमा उजुरी परेको महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले जनाएको छ । 

ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेका अनुसार देशभर एक सय २८ महिला तथा बालबालिकामाथि हिंसा भएको छ । जसमा ७२ घरेलु हिंसा, १४ सामाजिक हिसा, १८ बलात्कार, २ बलात्कारको प्रयास, एक हत्या, २ हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, ५ यौन दुर्व्यवहारका घटना, १० आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ हत्याको प्रयासका घटना छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ५४ जना श्रीमान् छन् र २९ जना परिवारको सदस्य छन् । त्यसैगरी २७ घटनाहरुमा छिमेकी, ६ वटामा प्रेमी ठानिएका व्यक्ति, १ घटनामा साथी, १ घटनामा घरमालिक रहेको पाइएको छ भने १० घटनामा पीडकहरुको पहिचान हुन बाँकी छ । बलात्कारका घटनाहरु भने १३, छिमेकीबाट, एउटा घटना बुबाबाट, एउटा परिवारको सदस्यबाट, एक प्रेमी ठानिएका व्यक्तिबाट र २ जना पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ ।

संस्थामा अभिलेखीकरण भएका घटनाहरुमध्ये ५१ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, १५ जना मेलमिलाप समितिमा गएको, १५ जना हिंसा सहन नसकेर आमाबुवाको घर-आफन्तकोमा गएर बसिरहेका र बाँकी प्रभावितहरुले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरी नसकेको र वातावरण सहज भएपछि सम्बन्धित निकायमा जाने बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement