site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 लकडाउन खुकुलो बनाउने जिप्रका दाङको निर्णय फिर्ता
Sarbottam CementSarbottam Cement

दाङ । लकडाउन खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालय दाङले गरेको सोमबारको निर्णय फिर्ता लिएको छ । 

अब हरेक हप्ताको ३ दिन आइतबार, मंगलबार र शुक्रबार बिहान ६ बजेदेखि ९ बजेको समय नै कायम हुनेछ । लकडाउन नै उल्लंघन हुनेगरी बजारमा भिडभाड भएपछि पुरानै नियम बमोजिम  बजार खुल्ने प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा अन्य व्यवसायिक संघ संस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि दैनिक रुपमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक उपभोग्य वस्तुहरुको विक्रीवितरण गर्न घोराही उपमहानगरपालिका भरका पसलहरु खोलिएको थियो । ।  

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल तथा महासचिव नरेश कार्कीले  विज्ञप्ति जारी गर्दै दैनिक अत्यावश्यक सेवाका पसल खुल्ने जानकारी गराएका थिए । जसका कारणले दाङको घोराहीमा मंगलवार विहान र दिउँसो दुबै समय अत्यावश्यक सामाग्री किनमेल गर्ने मानिसहरुको भिडभाड रह्यो ।पहिलो पटक जिल्लामा विहान र दिउँसो दुबै समय बजार खुल्यो । 

Global Ime bank

जसले सर्वसाधारण मानिसहरु अलमलमा परे । दिउँसो किनमेल गर्ने मानिसहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिन थालेपछि झनै मानिसहरु अक्कन बक्क भए । तर, स्थानीय प्रशासनले उद्योग वाणिज्य संघले एकलौटी ढंगले उक्त निर्णय गरेको दोषरोपन गर्दै त्यसलाई विफल तुल्याउन भूमिका खेल्न थालेको एक जना संघका पदाधिकारीले आरोप छ ।

उता दिउँसो पसलहरु खोल्ने विषयमा आफूहरुलाई कुनै जानकारी नभएको प्रशासनले जनाएको छ । 

सरकारले आउँदो २५ गतेसम्म लकडाउनलाई पूर्ण पालना गराउने र पास विना कुनै पनि गाडी चल्न नदिने जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । हप्तामा तीन दिन बिहान खुल्दै आएका पसलहरु दैनिक दिउँसो ४ घण्टा खोल्ने निर्णय भएपछि त्यसको चर्को आलोचना समेत भएको थियो  ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय