site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरिया जाने मिति सर्‍यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोरिया जाने तयारीमा रहेका नेपाली श्रमिकको फर्कने मिति सरेको छ । नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरेर वैशाख १८ गते जाने भनिए पनि ती कोरिया जाने नेपालीको स्वास्थ्य परीक्षणको काम बाँकी रहेकाले मिति अनिश्चित भएको हो ।

बिदामा आएका इच्छुक नेपाली श्रमिकलाई काममा फिर्ता पठाउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । सरकारको उक्त निर्णयपछि गैरआवासीय नेपाली संघ कोरियाले नेपाल वायुसेवा निगमको विमान चार्टर्ड गरेको थियो । 
वैशाख १८ गते चार्टर्ड विमान कोरिया जाने भनिए पनि तत्कालका लागि मिति सरेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । उनले भनिन्, ‘‘कोरिया जाने नेपालीको स्वास्थ्य परीक्षण गर्नुपर्ने रहेछ, वैशाख १८ गतेसम्म स्वास्थ्य परीक्षण सम्पन्‍न हुन नसक्ने भएकाले अहिलेलाई रोक्नु भन्‍ने जानकारी आएको छ ।’’

कोरिया जाने नेपालीको संख्या एकिन भइसकेको छैन । बिदामा आएकामध्ये १ सय ४९ जनाले ईपीएस कार्यालयमा आफूहरूलाई कोरिया जाने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

ईपीएसअन्तर्गत बिदामा आएका इच्छुक कामदारलाई विमान चार्टर्ड गरी पठाउन स्वास्थ्य परिक्षणलगायत काम गर्न वैदेशिक रोजगार विभागलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनअनुसार विभागले उनीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउन लागेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिएका छन् ।

सरकारले स्वास्थ्य परीक्षण गराएर मात्रै कोरिया पठाउन निर्देशन दिएको छ ।

 

बिदामा आएकाहरुलाई मात्रै कोरिया पठाइने, चार्टर्ड विमानको शुल्क स्वयं व्यहोर्नुपर्ने

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro