site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समितिले माग्यो स्वास्थ्य उपकरण खरिदको कागजपत्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोरोना भाइरसविरुद्ध प्रयोग गर्न सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री गुणस्तरहीन देखिएपछि संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले स्वास्थ्य सेवा विभागमार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीको सम्पूर्ण कागजपत्र सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले प्रतिस्पर्धाबिनै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गरेको सम्पूर्ण कागजात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको हो । यद्यपि सरकारले ओम्नीसँग गरेको सम्झौता भने रद्द गरिसकेको छ । 

खरिद सम्झौता रद्द गरिए पनि त्यसमा अनियमितता रहेको भन्दै सार्वजनिक रूपमा आएपछि अध्ययन गर्न कागजपत्र मागेको लेखा समिति सभापति भरत शाहले बताए । उनले हाललाई खरिद प्रक्रियाको कागजपत्र ७ दिनभित्र पेस गर्न भनिएको र त्यसपछि समितिले छलफल थाल्ने बताए । उनले बाह्रखरीसँग भने, “बाहिर यसको विषयमा धेरै कुराहरू आएपछि अध्ययन गर्न कागजपत्र मगाएको हो । कागजपत्र आएपछि समितिले छलफल गरेर अगाडि बढ्छ ।” उनले आवश्यक परे अध्ययन गर्न उपसमिति गठन गर्न पनि सकिने बताए । 

कमिसनको खेलमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले बजार भाउभन्दा कैयौं गुणा महँगोमा सामान किन्ने सम्झौता गरेका थिए । धेरै महँगोमा ल्याइएको औषधि सामग्री पनि गुणस्तरहीन पाइएपछि ती सामग्री प्रयोग गरिएको छैन भने ओम्नीसँगको सम्झौता सरकारले रद्द गरेको थियो ।

कोरोना भाइरसको त्रासका बेलामा पनि अनियमित ढंगले औषधि सामग्री खरिद गरिएको, सम्झौता रद्द गर्दैमा गलत नियतले गरिएको कामलाई उन्मुक्ति दिन नहुने भन्दै सर्वत्र विरोध भइरहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro