site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तुलसीपुरमा अब श्रम बैंक : राहत लिन श्रम गर्नुपर्ने
Sarbottam CementSarbottam Cement

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणलाई श्रमसँग जोड्ने भएको छ । अब राहत लिनेलाई उसले श्रममा लगाउने गरी श्रम बैंक स्थापना गर्ने भएको हो ।

मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले दोस्रो चरणमा राहत लिनेलाई श्रममा लगाउने निर्णय गरेको हो । ‘‘दोस्रो चरणको राहतलाई फरक ढंगले अगाडि बढाउने निर्णय पारित भएको छ,’’ नगर प्रवक्ता सूर्य डाँगीले भने, ‘‘अब राहत लैजानेले त्यो बराबरको श्रम गर्नुपर्नेछ।’’ मेयर पाण्डेले केही दिन पहिले अब राहतलाई विकाससँग जोड्न लागेको बताएका थिए । पहिलो चरणमा ६ हजार बढीलाई राहत वितरण गरेको र अब राहत वितरणलाई रोजगारलाई सँगै अगाडि बढाउने निर्णय भएको डाँगीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

विपन्‍नलाई राहत दिने र त्यसबापत वडा-वडाका विभिन्‍न विकासका काममा उनीहरुलाई लगाउने गरी राहतको काम अगाडि बढाइने भएको छ । श्रम बैंकलाई सञ्‍चालन गर्न वडाध्यक्षको संयोजकत्वमा वडा-वडामा श्रम समिति निर्माण गर्ने निर्णय पनि भएको छ । त्यो समितिले कामसँगै खाद्यान्‍न पनि उपलब्ध गराउनेछ । जनता भौकै पनि नरहुन् र काम पनि पाउन् भन्‍न यस्तो योजना अगाडि बढाइएको नगरप्रमुख पाण्डेले बताए । ‘‘असक्त, ज्येष्ठ नागरिकलाई भने राहतका लागि श्रम बैंकमा काम गर्नु नपर्ने उनले बताए ।

उनले अब तत्कालै श्रम बैंकको काम अगाडि बढ्नेसमेत बताए । बाहिरबाट फर्किएका श्रमिकलाई काममा लगाउन पनि यस्तो निर्णय गरिएको हो । श्रम बैंकमा स्थानीयलाई प्राथमिकतामा राखेर काम गराइनेछ । उनले संघ, प्रदेश र स्थानीय स्तरका ठेक्कामा गइसेकका योजना सञ्‍चालन गर्ने जानकारी दिए ।

Global Ime bank

यसैबीच उपमहानगरपालिकाले राहत वितरणको अनुगमन गर्न कार्यपालिका सदस्य देवराज विकको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको छ । त्यसैगरी कृषि उपजको उपलब्धताका लागि वडाको संयोजनमा सहकारीमार्फत काम अगाडि बढाइने भएको छ । कृषकलाई मल बीउ-बिजन सहकारीले उपलब्ध गराउने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC