site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिजिटल बैंकिङ विस्तारको यो टर्निङ पोइन्ट हुन सक्छ 

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपाल पनि प्रभावित बनेको छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोभिडको प्रभाव हाल विश्वको अधिकांश मुलुकमा पुगिसकेको छ । कोरोनाबाट सुरक्षित रहन गत चैत ११ बाट सरकारले लकडाउन गरेको छ । त्यसको केही दिन अगाडिबाटै बैंकहरूले कोरोनाले वित्तीय सेवामा पार्न सक्ने असरलाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबार निःशुल्क बनाए । 

हाल केही बैंकिङ क्षेत्रका विज्ञहरूले पनि अहिलेको यो संकट नेपालका लागि विद्युतीय कारोबार विस्तार गर्ने अवसर हुन सक्ने विश्लेषणसमेत गरेको सुनिन्छ । वास्तवमा हेर्ने हो भने अहिलेको यो परिस्थितिमा नगद कारोबार गर्दा जोखिम हुने र विद्युतीय कारोबार सुरक्षित हुने भएपछि आमनागरिकको पनि विद्युतीय कारोबारतर्फ आकर्षण बढेको देखिन्छ । 

कोरोना प्रभावले वित्तीयजगत् पनि समस्याको भूमरीमा परेको छ । यसको प्रभाव वित्तीय क्षेत्रमा पनि छ । तर पनि यसले चाहे कर्णालीको जनता होस् अथवा अन्य, त्योभन्दा पनि विकटका नागरिक हुन, उनीहरूलाई पनि विद्युतीय माध्यमबाट कारोबार गर्नुपर्छ भन्ने चेतना सिर्जना गर्यो । आज दूरदराजका मानिसले पनि डिजिटल अथवा क्यासलेस बैंकिङ, मोबाइलबाट गर्ने बैंकिङ राम्रो रहेछ, यस्तो कारोबार हामीले पनि कसरी गर्न सकिन्छ, जान्न पाए हुन्थ्यो भन्ने जागरुकता बढेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हरेक समस्यासँगै त्यसमा सफलता पनि लुकेको हुन्छ भन्ने नेपालीको भनाइ जस्तै कोरोना भाइरसले वित्तीय क्षेत्रका लागि समस्या सिर्जना त गर्यो तर यसले सँगै विद्युतीय कारोबारको अवसर समेत बढाएर जाने निश्चित छ । अबको बैंकिङ पनि डिजिटल बैंकिङ नै हुनपर्छ भन्ने सन्देश यो महामारीले दिएको छ । हरेक विषयमा हामीले नेपालको वित्तीय क्षेत्रको तुलना भारतीय बैंकिङसँग गर्ने गरेका छौं । भारतमा पनि नोटबन्दीपछि बैंकमा पैसा निकाल्न बसेको नागरिकको लाइन र नोटबन्दीले उत्पन्न असहज परिस्थितिलाई विद्युतीय कारोबार विस्तारको कोसेढुङ्गाका रूपमा लिइँदै आएको छ । 

नेपालमा पनि कोरोना भाइरसले सिर्जना गरेको असहज अवस्था र चैत ११ देखि जारी लकडाउनले आमनागरिकमा सिर्जना भएको असहज अवस्था र यसले नेपाली नागरिकमा विद्युतीय कारोबारप्रति जगाएको चेतनालाई बैंकहरूले विद्युतीय कारोबार विस्तार गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ । जुन बैंक डिजिटलाइजेसनलाई प्राथमीकता दिएर अगाडि बढ्छ, त्यो बैंक सफल हुने निश्चित छ । जुन बैंकले उपभोक्ताको मनोभावना बुझेर यसलाई अवसरका रूपमा लैजान सक्छ त्यो बैंक नै डिजिटल बैंकिङ क्षेत्रको नेतृत्व गर्ने बैंक बन्नेछ । 

Global Ime bank

डिजिटल बैंकिङ विस्तारका लागि यो टर्निङ पोइन्ट हुन सक्छ । तर बैंकहरूले अहिलेको यो संकटको अन्त्य भए पनि पुरानै बैंकिङ पद्धतिलाई निरन्तरता दिने हो भने डिजिटल बैंकिङप्रतिको नागरिकको चाहना बालुवामा पानी हालेझैं हुनेछ । यदि बैंकहरूले अहिले सिर्जना भएको अवेरनेसलाई क्यास गर्दै थप शिक्षित बनाउन सके यो महामारी डिजिटल बैंकिङका लागि वरदान साबित हुन सक्छ । त्यसका लागि अन्य खर्च कटाएर डिजिटल बैंकिङको जनचेतना बढाउनेतर्फ बैंकहरू अहिलेदेखि नै लाग्नुपर्छ । 

नेपालमा डिजिटल बैंकिङको विकल्प 

नेपाल आफ्नै प्रवृत्ति र ग्रामीण परिवेश भएको अल्पविकसित मुलुक हो । नेपालमा विकसित विश्वका अन्य मुलुकले प्रयोग गरेका प्रविधि उपयुक्त नहुन सक्छ । विश्वका कतिपय मुलुकमा मान्छेबिनाको बैंकिङ पनि सुरु भइसकेको छ । त्यो अहिले नै नेपालमा सम्भव छैन । कतिपय मुलुकमा क्यासलेस बैंकिङ भनेर गरिरहेका छन् । यसलाई नेपालमा पनि विस्तारै ठाउँअनुसार प्रयोग र कार्यान्वयनमा ल्याउन सकिन्छ । अर्को अहिले नै प्रयोगमा रहेका डिजिटल माध्यम पनि उपभोक्ताले पर्याप्त मात्रामा प्रयोग नगरेको अवस्था छ ।

वाणिज्य बैंकहरूको २०७६ माघ मसान्तको तथ्यांक हेर्ने हो भने बैंक खाताको कुल संख्या २ करोड ५६ लाख २० हजार छ । तर यसमध्ये ८६ लाख ७९ हजार खाता सञ्चालकले मात्रै मोबाइल बैंकिङ प्रयोग गर्ने गरेको देखिन्छ । अझै इन्टरनेट बैंकिङको प्रयोगकर्ताहरूको संख्या ९ लाख ३४ हजार हाराहारी मात्रै छ । यस्तै डेबिट कार्ड इस्यु भएको बैंक खाता संख्या ६९ लाख १२ हजार, क्रेडिट कार्ड इस्यु भएको बैंक खाता संख्या करिब १ लाख ४७ हजार र प्रिपेड कार्ड संख्या करिब ६४ हजार छ । 

यो तथ्यांक रजिस्टर्ड भएको मात्रै हो । यो सेवा लिनेहरूमा अझै पनि सानोसानो कारोबारमा पनि चेक काट्ने चलनको अन्त्य भएको छैन । वास्तविक विद्युतीय कारोबार गर्नेको संख्या भने न्यून छ । अहिलेको यो महामारीले सिर्जना गराएको अवेरनेसलाई बैंकहरूले तदारुकताका साथ अलिहे प्रचलनमा रहेका प्रविधिलाई नै बढवा दिन हो भने पनि धेरै सफलता हात लाग्न सक्छ । 

मोबाइलबाट गर्ने कारोबारको पनि फरक–फरक माध्यम छ । जस्तै हरेक बैंकको मोबाइल एप्स छ । त्यस्तै विभिन्न वालेट कम्पनीले पनि बजारलाई पर्खिरहेको अवस्था छ । यो माहामारीले केही समयबिना शुल्क मोबाइल बैंकिङ एप्स र भुक्तानी प्रदायकहरूको माध्यमबाट कारोबार गर्न सकिनेसमेत भनेको अवस्था छ । विभिन्न टपअप पनि अहिले घरमै बसेर आफ्नो मोबाइलबाट गर्न सकिन्छ । त्यस्तै पानी, बिजुली, स्कुल, कलेजलगायत विभिन्न क्षेत्रको बिल पनि घरमै बसेर मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । आफ्नो हात अथवा मोबाइलमै बैंक छ । यसको अधिकतम प्रयोग गराउन सक्नुपर्ने हुन्छ । अबको बैंकिङ यसैमा सफल र सुरक्षित पनि छ । राष्ट्र बैंकले डिजिटल बैंकिङका लागि गरेको कार्य सह्रानीय छ ।

किन आवश्यक छ डिजिटल बैंकिङ

बैंकहरूको बढ्दै गएको सञ्चालन खर्च खटाउन विकल्प डिजिटल बैंकिङ हो । प्रविधिमा एकपटक लगानी गर्ने हो तर त्यसले दिने प्रतिफल लागतभन्दा धेरै बढी हुन्छ । प्रविधिको प्रयोग बढ्दा लागत घट्दै जान्छ । यस्तै बैंकिङ अब घरमा होइन हात–हातमा पुगिसकेको छ । त्यसलाई सही सदुपयोग गर्न सक्ने हो भने विभिन्न शाखा र कर्मचारीमा गर्ने लगानी एकपटक प्रविधिमा गर्दा पुग्छ । त्यसमा अबको दिनमा बैंकहरूले सोच्न आवश्यक छ । बैंकहरूले कर्जा लगानीलाई पनि अहिलेको जस्तो महिनौं लगाउनभन्दा पनि क्रेडिट कार्डजस्तो छिटो छरीतो बनाउन आवश्यक छ । निश्चित सीमा तोकेर कार्डबाट गर्ने गरी ग्राहक पहिचान गरी कर्जा प्रवाहसम्मको अवस्थामा पुग्न सकिन्छ । 

चुनौती 

मानिहरूलाई फिजिकल रूपमा बैंकमै गएर आफ्नो खातामा राखेको पैसा यसरी मोबाइल थिचैकै भरमा अनलाइनबाट अर्को खातामा कसरी जान्छ भन्ने कुराको भ्रम पनि छ । सेवा लिने ग्राहकले विद्युतीय कारोबारलाई असुरक्षित महसुस गर्ने गरेका छन् । सरकारी उच्चस्तरिय अधिकारीले पनि विद्युतीय कारोबारमा अझै पनि आश्वस्त हुन नसकेको भन्दै सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । त्यसैले यस प्रकारको भ्रमलाई पनि बैंकहरूले चिर्न सक्नुपर्छ । त्यो सबैभन्दा ठूलो च्यालेन्ज हो । 

निःशुल्क सेवाले निरन्तरता नपाउन सक्छ । त्यो भनेको नियामक नेपाल राष्ट्र बैंक र बैंकहरूको अपसी समझदारीको कुरा भयो । बैंकहरूको पनि सेवा प्रदान गर्दा निश्चित लागत त लाग्छ नै । घाटामै गएर सेवा प्रदान गर्ने भने कुरा नहुन सक्छ । तर विद्युतीय कारोबारलाई विस्तार गर्दा अहिले फिजिकल कारोबारका लागि जुन प्रकारले कार्यालय व्यवस्थापन, कर्मचारीलगायत लागि लाग्ने लागत छ, त्यो र विद्युतीय माध्यबाट प्रदान हुने सेवा तुलना गर्दा विद्युतीय सेवाको लागत कम हुन्छ भने निःशुल्क पनि गर्न सकिन्छ । त्यो भनेको बैंकको आफ्नो र नियामकीय निकायको योजनाभित्र रहेर गर्ने कुरा भयो । 

अर्को हाम्रोमा क्रस भेरीफिकेसनको माध्यम नहुँदा डिजिटल बैंकिङ भने पनि त्यसको रजिस्ट्रेसन अथवा कुनै सामान्य पिन रिसेट गर्नु परे पनि फिजिकल रूपमा बैंकमै पुगेर निवेदन दिनुपर्ने हुन्छ । अहिले मोबाइल नम्बरको माध्यमबाट डिजिटल सेवा प्रदान भइरहेको छ, त्यसलाई क्रस भेरीफिकेसनका लागि सुरक्षित माध्यम मान्न नसकिने हुँदा फिजिकल रूपमै सेवा एक्टिभेट गर्न बैंकमा पुग्नुपर्ने अवस्था छ । विद्युतीय बैंकिङ भनेपछि सेवाका लागि बैंकहरूले पनि विद्युतीय माध्यबाटै सर्भिस प्रदान गर्नु आवश्यक भने देखिन्छ । यस विषयमा बैंकहरूले सोचिरहेका होलान् । आगामी दिनमा क्रस भेरीफिकेसनका लागि इमेल, अथवा निश्चित एउटा क्राइटेरिया निर्धारण गरेर अथवा परिचयपत्रको नम्बर सोधेर पनि गर्न सकिन्छ । तीनपुस्ते विवरण पनि हुन सक्छ । 

बैंकमा गएर निवेदनै दिएर सबै झन्झट गर्नुपर्ने हुँदा पूर्ण डिजिटलाइजेसनमै गएको भन्ने अवस्था अहिले पनि छैन । त्यसलाई फोन र इमेलबाटै यस्तो सेवा दिने गरी केही सरलीकृत भने गर्नुपर्ने देखिन्छ । त्यसका लागि सुरक्षाको मापदण्ड भने अपनाउन आवश्यक छ ।

कोराना भाइरस र त्यसबाट नेपाल सरकारले गरेको लकडाउनले अधिकांश नागरिकमा विद्युतीय कारोबारबारे चेतना जगाएको छ । अहिलेको यो चेतनालाई मध्यनजर गर्दै आगामी दिनमा जुन बैंकले यसको नेतृत्व लिन्छ भविष्यमा त्यो बैंक नै सफल बन्छ । 

(ढकाल सनराइज बैंकमा कार्यरत छन्)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय