देश

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफ्रिङमा बोल्दै मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड–१९ विरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाएको बताएका छन् ।
“डा. पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड–१९ विरुद्धको अभियानमा सहयोग गर्न पत्रसहित बोलाएको हो”, उनले भने, “मिडियाले सत्यतथ्य नबुझी बढाइचढाइ लेखेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७ १८:०७
प्रतिक्रिया दिनुहोस्