site stats
बाह्रखरी :: Baahrakhari
देश
लकडाउनले चोरीका घटनामा कमी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । लकडाउनका कारण मानिस घरमै बसिरहने भएपछि जिल्लामा चोरीका घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अघिल्लो महिनाको तुलनामा चैतमा चोरीका घटना घटेको छ ।

चैतमा ७ वटा मात्र चोरीका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएपी सुमित खड्काले जानकारी दिएका छन् । उनका अनुसार गएको फागुनमा २४ वटा चोरीका घटना दर्ता भएका थिए ।

विगतको तुलनामा लकडाउनको समयमा चोरीका घटना नभएको बताए । ‘‘लकडाउनका समयमा प्राय: घरमै रहने भएको र प्रहरीको सक्रियता पनि बढेकाले चोरीका घटनामा कमी आएको छ,’’ उनले भने, ‘‘लकडाउनमा केही स्थानका बन्द रहेका पसल र घरमा भने चोरी भएका छन् ।’’

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्