site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आठैजनाको स्वाब परीक्षणमा कोरोना भाइरस देखिएन
Sarbottam CementSarbottam Cement

दाङ । बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका थप आठ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले यसबारे जानकारी दिएका हुन् । 

बिहीबार तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको रहिमुल्ला पसलका सञ्चालक परिवारका तीन सदस्यसहित राप्ती गाउँपालिका १ का एकै परिवारका पाँच सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

रहिमुल्ला परिवारका तीन बाबु छोरालाई भने समाजको आशंकाका कारण स्वाब परीक्षणका लागि लगिएको थियो । भारतीय मस्जिदबाट त्यस परिवारका व्यक्ति हालसालै आएको भन्‍ने हल्ला व्याप्त भएपछि स्थानीय प्रशासनले उनीहरुको स्वाब परीक्षण गर्न लगाएको थियो । यद्यपि उनका एक छोरा अमन अन्सारीले भने आफ्नो बुबा मंसिरयता भारत नगएको बताएका छन् ।

त्यसैगरी बिहीबार रिपोर्ट नेगेटिभ आउनेमध्ये पाँचजना एकै परिवारका सदस्य छन् । जो चैत १७ गते वीरगन्जबाट कैलाली पुगेकी एक संक्रमित महिलासँगै यात्रा गरेका थिए । दाङको राप्ती गाउँपालिका १ का उनीहरु संक्रमित महिलासँगै वीरगन्जबाट दाङको भालुवाङ बजारसम्म यात्रा गरेर आएका थिए । उनीहरुलाई मंगलबार बेलुकी अबेर खोजेर बेलझुन्डी अस्पतालको आइसोलेनसमा लगिएको थियो ।

Global Ime bank

बुधबार मात्रै वीरगन्जबाट कैलाली पुगेकी कोरोना संक्रमित महिलासँगै यात्रा गरेकी दाङकी एक महिलासहित नौ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । घोराही उपमहानगरपालिका १४, गोरखा टोली ६२ वर्षीया एक महिला र उनका परिवारका थप पाँच सदस्य र अन्य तीनजना युवाको रिपोर्ट नेगेटिभ आएको थियो ।

बुधबार नेगेटिभ रिपोर्ट आउनेमध्य विदेशबाट आएका राजपुर गाउँपालिकाका दुई युवा र नवलपरासी घर भई घोराहीस्थित सगरमाथा सिमेन्टमा कार्यरत एक मजुदर पनि थिए ।

बेलझुन्डी कोरोना विशेष अस्पतालवाट यसअघि ४० जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लोपटक १७ जनाको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । दाङबाट कुल ५७ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement