site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतसँग जोडिएका सबै नाका अनिश्‍चितकालका लागि बन्द
Sarbottam CementSarbottam Cement

दाङ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न तथा सीमा नाकामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न भारतसँग सीमा जोडिएका दाङका सबै नाका अनिश्चितकालका लागि 'सिल' गरिएको छ ।

यसअघि जिल्लामा १० ठूला नाकाहरुमध्ये सात नाका सिल गरिएकोमा आज शुक्रबारबाट थप ३ नाका पनि सिल गरिएसँगै दाङका सबै नाका पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार भारतसँग सीमा जोडिएको प्रमुख नाका रुपमा रहेका कोइलाबास नाकासहित साना ठूला गरी ३१ नाका अब अनिश्चितकालका लागि बन्द भएका हुन् । जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

केही समयअघि मात्रै नेपाल-भारत सीमा जोडिएका दाङका मुख्य नाकाहरु कोइलाबास, भौवा, खंग्रा, पटौली, गुङखोला, भौरीसाल, सुनपथरी गरी सात नाकामा सशस्त्र प्रहरीको क्याम्प खडा गरी परिचालन गरिएको छ । आजबाट डगमारा नाका, खबरी र भैंसाही नाकामा पनि सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बाह्रखरीलाई जानकारी दिए । 

Global Ime bank

उनले भने, ‘'कोरोना भाइरसको संक्रमण रोकथामसँगै लकडाउनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि पनि नेपाल भारत सिमा नाका पूर्ण बन्द गरेका छौं, साना ठूला गरी ३१ नाकाहरु अब अर्को सूचना नभएसम्म पूर्ण रुपमा बन्द भएका छन् ।'’

उनका अनुसार प्रत्येक क्याम्पमा ३०-३५ जनाको युनिट खडा गरी सशस्त्र प्रहरी बल सीमा सुरक्षार्थ खटाइएको छ । जिल्लामा उपलब्ध स्रोत साधन र आवश्यकताका आधार जनशक्ति थप गर्दै लगिनेछ । बन्द गरिएका नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोइलाबासलगायत केही नाकामा भने नेपाल प्रहरी पनि परिचालन गरिएको छ ।

यसैबीच, प्रदेश ५ अन्तर्गतको भारतसँग सीमा जोडिएका अन्य स्थानमा २ सय बढी अस्थायी पोस्ट खडा गरी सीमा नाका बन्द गरिएको छ । खुला सीमाका कारण कोरोना भाइरस संक्रमणको त्रास बढेकाले सशस्त्र प्रहरी सीमामा तैनाथ गरी आवागमनमा पूरै रोक लगाइएको छ । सशस्त्र प्रहरीको टोली लुकीचोरी आवतजावत हुने ठाँउमा पाल टाँगेर र अस्थायी पोस्ट खडा गरेर चौबीसै घण्टा ड्युटीमा खटिएको ५ नम्बर प्रदेश सशस्त्र बाहिनी प्रमुख डीआईजी नारायणदत्त पौडेलले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC