site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोना संक्रमित कहाँ कतिजना उपचाररत ? के छ स्वास्थ्य अवस्था ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण १६ जनामा देखिएको जनाएको छ । मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा उपचाररत १५ जना रहेको बताए  ।

“हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको जसमा एक जना निको भइसकेका छन्” उनले भने, अन्य १५ जना अस्पतालमा उपचाररत रहेको र ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी, धनगढीको सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ जना, बागलुङको धवलागिरि अञ्चल अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना उपचाररत रहेका छन् ।

त्यसैगरी, आजसम्म देशैभरका १४ जिल्ला बाहेका अन्य सबै जिल्लामा र्‍यापिड टेस्ट किटबाट कोरोना भाइरसको आशंका गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Global Ime bank

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले आज देशैभरका अस्पतालको आइसोलेसनमा ११७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकाभित्र ११ जना र बाहिर १०६ जना उपचाररत रहेको जानकारी दिए ।

“आजसम्म देशैभर र्‍यापिड टेस्ट किट र पीसीआरबाट १५ हजार ८ सय जनाको कोरोना भाइरसको संक्रमण आशंकामा नमुना संकलन गरेर परीक्षण गरिएको छ,” उनले भने, “गत २४ घण्टामा दुई हजार ८९४ जनामा नमुना परीक्षण गरिएको छ ।” आज देशैभरका क्वारेन्टाइनमा पाँच हजार ६१४ जना रहेका उनले जानकारी दिए  ।

गत २४ घण्टामा मन्त्रालयले जारी गरेको मोबाइल एप ‘हाम्रो स्वास्थ्य’ १३ जना रेड जोनमा रहेका मन्त्रालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement