site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेतीलाई कोभिड-१९ को 'हटस्पट' बन्‍न नदिन कोरोना विशेष अस्पताल आवश्यक 
SkywellSkywell

काठमाडौं । नोभेल कोरोना भाइरसको उच्च जोखिममा २८ लाखभन्दा बढी जनसंख्या भएको सुदूरपश्‍चिम प्रदेश छ । भारतबाट आउनेहरु अत्यधिक भएको, स्रोत-साधन कम भएको र आवश्‍यक परीक्षण र ट्रेसिङ फितलो भएको कारण अहिले त्यहाँ जोखिम बढेको छ । देशभर देखिएका १६ जना कोरोना संक्रमितमध्ये पाँचजना सुदूरपश्‍चिम प्रदेशमा रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका पाँच जनालाई अहिले सेती प्रादेशिक अस्पतालमा राखेर उपचार भइरहेको छ । 

सेती प्रादेशिक अस्पतालमा इमर्जेन्सी सेवासहित प्रसुतिसेवा चौबीसै घण्टा, शिशु तथा बालरोग, प्रयोगशाला, नसारोग-मुटु-छाती-पेट-मिर्गौला रोग र डायलाइसिस -मधुमेह तथा थारोइड रोग-बाथरोग-सिकलसेलको बिरामी -क्षयरोग- एचआईभी एड्स -ज्वरोजन्य रोग हेर्ने गरी मेडिसिन विभाग, सर्जरी विभाग विशेष गरेर अपरेसन गरेर गर्नुपर्ने उपचारसहित दुई दर्जनभन्दा बढी सेवाहरु प्रदान गरिँदै आएको  छ । 

सरदर दैनिकी ५०० बिरामीले सेवा पाउने इमर्जेन्सी अपरेसन, तुरुन्त उपचार नपाए ज्यान जानसक्ने हृदयघात, पक्षघात, सर्पको टोकाइ, कडाखाले ज्वरोजन्य रोग उपचारहरुसमेत भइरहेका छन् । कोरोना जोखिम बढे पनि दैनिक १० देखि १५ जना अत्यावश्यक सेवाका लागि, २५-३० जना प्रसूति र डाइलाइसिस सेवा तथा अन्य रोगका बिरामीहरु पनि नियमित आइरहेको अस्पतालका वरिष्ठ इमर्जेन्सी फिजिसियन तथा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । 

KFC Island Ad
NIC Asia

अन्य रोगका बिरामीहरु भएकै अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गर्दा कोरोना संक्रमण फैलिने जोखिम उच्‍च हुन्छ । प्रवक्ता जोशीले भने, "यहाँ कोरोना संक्रमणको फैलिने जोखिम उच्‍च छ । एउटै अस्पतालमा कोरोनाजस्तो तीव्र संक्रमण हुने कोभिड-१९ को र पहिलेदेखि सञ्‍चालन भइरहेका अन्य रोग गरी दुई वटा प्रकृतिका उपचारहरु गर्दा जोखिम उत्‍पन्‍न भएको छ ।" 

विश्‍वका अन्य देशहरुमा हेर्दा पनि अन्य रोगको उपचार भइरहेकै अस्पतालमा कोभिड-१९ संक्रमितको उपचार गर्दा संक्रमण फैलिएर कतिपय अस्पतालहरु बन्दसमेत गरिएका छन् । भारतको मुम्बईस्थित वोकहार्ट अस्पताल, अस्ट्रेलियाको तासमेनियास्थित दुईवटा अस्पताल यसका पछिल्ला उदाहरण हुन् । अन्य रोगका बिरामीको उपचार भइरहेकै अस्पतालका कोरोना संक्रमितको उपचार गर्दा संक्रमणको जोखिम उच्‍च हुने भन्दै चीनले सुरुमा नै कोरोनाको उपचारका लागि छुट्टै अस्पतालहरु बनाएको थियो । 

Royal Enfield Island Ad

सीमित स्रोत-साधन र उच्च जोखिम भएको सुदूरपश्‍चिम प्रदेशको कोरोना उपचारका लागि भनिएको सेती प्रादेशिक अस्पतालको मातहतमा रहने गरी कोभिड-१९ का बिरामीलाई उपचार गर्न छुट्टै विशेष अस्पताल बनाउनुपर्ने चिकित्साविज्ञहरुले माग गरिरहेका छन् । सेती अस्पतादमा अन्य सेवाहरु नियमित भइरहेको बेला सेतीमै कोरोनाका बिरामीको उपचार गर्दा कोरोनाको हटस्पट बन्‍नसक्ने उनीहरुको चेतावनी छ । 

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले सेतीलाई नै कोभिड-१९ अस्पताल बनाउनुपर्ने तर अन्य रोगका बिरामीको स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने बताएका छन् । उनले भने, "स्रोत-साधन र विज्ञका हिसाबले सेती प्रादेशिक अस्पताल प्रदेशमै सुविधा सम्पन्‍न भएकाले कोभिड-१९ को नेतृत्व सेती प्रादेशिक अस्पताललाई दिनुपर्छ । तर, कोभिड-१९ का बिरामीलाई उपचार गर्ने छुट्टै विशेष अस्पताल स्थापना गर्नुपर्छ । विदेशमा पनि अहिले अन्य बिरामीको उपचार भइरहेका अस्पतालमा कोरोनाका बिरामीको उपचार गरिरहेका अस्पताल कोरोना हटस्पट बनेका छन् ।" 

गरिब, दु:खी बिरामीले नि:शुल्क र थोरै शुल्कमा गुणस्तरीय उपचार पाउने सेती अस्पतालका सेवा हटाएर यसलाई कोभिड-१९ को उपचारको अस्पताल बनाउँदा भोलिका दिनमा थप जोखिम उत्पन्‍न हुने उनको तर्क छ । उनले भने, "अहिले सेती अस्पतालका सेवा हटाएर कोरोना संक्रमितको उपचार गर्ने तर, भोलिका दिनका कोरोना निको भए अन्यत्र सारिएका वा हटाइएका सेवाहरु ल्याउँदा समस्या हुन्छ । नि:शुल्क वा थोरै शुल्कमा उपचार पाउने सेती नै हो । सेतीमा एउटा प्रणालीमा चलिरहेका सेवाहरुमध्ये आज एक भाग निकाल्ने भोलि अर्को भाग काट्ने गर्दा अपांग भइएला कि ? भोलि फेरि जोड्न कति गाह्रो  होला ?" 

सुदूरपश्‍चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पतालमा रहेको प्रसूति सेवालाई अहिले नेपाल सरकाबाट मान्यता प्राप्त नवजीवन अस्पतालमा सार्ने गरी तयारी भइरहेको बताए । उनले भने, "सेती अस्पतालमा रहेको प्रसूति सेवालाई १५-२० दिनका लागि नवजीवनमा सार्ने तयारी गरिरहेका छौं । कोरोना संक्रमितको जोखिम अहिले सेतीमा खासै छैन । र, हामीले कोरोनाका बिरामीको उपचारका लागि छुट्टै ५० बेडको अस्थायी अस्पताल बनाउन लागेका छौं ।" 

चिकित्सा विज्ञहरुका अनुसार कोरोना संक्रमणको जोखिम हुँदाहुँदै पनि भोलि संक्रमित थपिँदै गए आवश्यक भेन्टिलेटर र आईसीयूको समेत अभाव हुनेतर्फ चिकित्सकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिममा सरकारी र निजी अस्पतालमा गरी २५ बेड आईसीयू र १० भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सेती प्रादेशिक अस्पतालका कोरोनाका बिरामीको उपचारका लागि पाँचजना खटिएको र अन्य ३३ जना बिहीबार केन्द्रबाट खटिएका चिकित्सकहरु पनि संलग्‍न हुने सामाजिक विकासमन्त्री सुवेदीले बताए । उनले भने, "अहिले सेती कोरोना हटस्पट बन्दैन । हामीले आवश्यक तयारी गरिरहेका छौं ।"

कोरोना भाइरसको संक्रमण भइसकेको करिब १४ दिनपछि लक्षण देखिने कोभिड-१९ को उपचारका लागि अमेरिका, बेलायत र जर्मनीलगायत विभिन्‍न मुलुकले धमाधम फिल्ड अस्पताल बनाइरहेका छन् । सुदूरपश्‍चिम प्रदेशमा पनि यसैगरी कोरोना परीक्षणको दायरा बढाएर फिल्ड अस्पतालको तत्काल तयारी थाल्‍न आवश्‍यक रहेको चिकित्सा विज्ञहरुको सुझाव छ । उनीहरुका अनुसार अहिले सुरुमै तयारी गरेमा भोलि हुने क्षतिबाट जोगिन सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro