site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनपछि नेपालबाट ३२ सय पर्यटक फर्किए, तर सीमामै आइपुगेका नेपालीले आफ्नै देशमा प्रवेश पाएनन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण मुलुकमा लगाइएको लकडाउनपछि पनि तीन हजार २ सय बढी विदेशी पर्यटक नेपालबाट आफ्नो देशमा फर्किएका छन् ।  नेपालस्थित विभिन्न राजदूतावासको पलह एवम् सरकारको सहयोगमा उनीहरु आफ्नै देश फर्किएका हुन् । 

नेपालस्थित अमेरिकी, अष्ट्रेलियाली, यूरोपेली मुलुकसहितका दूतावासको सक्रियतामा ती पर्यटक फर्किएका हुन् । 

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले लकडाउनको अवधिपछि आजसम्म ३ हजार २ सय बढी विदेशी पासपोर्ट भएका नागरिक फर्र्किएको बताए ।

“मार्च महिनामा करिब २५ हजार जना आएको देखिन्छन् । त्यसमध्ये गैरआवासीय नेपाली, पीआर होल्डर, कूटनीतिक नियोगका पनि छन्,” उनले  भने, “अब पर्यटक नै नेपालमा हजार जना पनि छन् जस्तो लाग्दैन ।”

मुलुक लकडाउन घोषणा भएपछि हालसम्म १९ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले बताए । 

शुक्रबार पनि दुईवटा चार्टर उडान हुँदैछन् । बेलायतको टाइटन एयरवेज र कोरियन एयरले चार्टर उडान गर्दैछन् ।  नेपालमा रहेका आफ्ना नागरिक लैजान बेलायत र दक्षिण कोरियाले विमान चार्टर उडान गर्न लागेको क्षेत्रीले बताए । 

सरकारले कोरोना संक्रमण फैलन नदिन लकडाउन लगाएपछि नेपाल पर्यटन बोर्डले स्वदेश फर्कन इच्छुक विदेशी पर्यटकलाई देशका विभिन्न भागबाट काठमाडौंसम्म ल्याउन समन्वय गरेको थियो । बोर्डले आवश्यकताअनुसार आन्तरिक हवाइ र सडक मार्गबाट काठमाडौंसम्म ती पर्यटकलाई उद्धार गरेको थियो । 

अब कति पर्यटक छन्

अब आफ्नो देश फर्कन चाहने पर्यटकको संख्या न्यून रहेको महानिर्देशक केसीले बताए ।  ठ्याक्कै तथ्यांक नभएपनि ४–५ वटा उडानबाट फर्कन सक्ने मात्रै पर्यटक रहेको हुन सक्ने उनले बताए ।   यता, पर्यटन व्यवसायीले पनि अब कम संख्यामा मात्रै पर्यटक रहेको हुन सक्ने बताए ।  टानका अध्यक्ष खेमबहादुर सुवदीले करिब ३ सयको हाराहारीमा क्यानाडाका नागरिकसहित केही यूरोपियन, अफ्रिका, भियतनामकासहित दुई चार जनाले गरेर अन्य विभिन्न देशमा नागरिक रहेका जानकारी रहेको बताए । 

आगामी अप्रिल ११ तारिखमा क्यानडाका नागरिक लैजाने तयारी भइरहेको पनि उनले बताए । 

२१ मार्चसम्म भिसा भएका पर्यटकको भिसा शूल्क छुट

अध्यागमन विभागले गत मार्च २१ सम्म भिसा भएका पर्यटकको लकडाउनका कारण भिसा समाप्त भए लकडाउन खुलेपछि नियमित रुपमा भिसा नविकरण गरिदिने भएको छ ।  विभागका महानिर्देशक केसीले नेपालमा लकडाउन खुलेको ७ दिनभित्र भिसा नियमित गरिने बताए ।

यो बीचमा कुनै विदेशी पासपार्टधारीको भिसा सकिएको छ भने पनि जरिवाना नलाग्ने पनि उनले बताए ।  “लकडाउन खुलेको ७ दिनभित्र स्वदेश फर्किए उक्त भिसालाई नियमित रुपमा नवीकरण गरिदिन्छौं,” उनले भने “भिसा थप्ने काम पनि रोकिएकाले २१ मार्चसम्म भिसा भएकालाई यस्तो सुविधा दिइएको हो ।”  

लकडाउन खुलेपछि पनि नेपालमै बस्न चाहने विदेशी पर्यटकको हकमा भने यो व्यवस्था लागु नहुने विभागले जनाएको छ ।  २१ मार्चअघि नै भिसा सकिएका विदेशी नागरिकलाई भने जरिवाना लाग्ने विभागले स्पष्ट पारेको छ ।  यति धेरैको संख्यामा विदेशी नागरिक आफ्नो देशमा भए पनि नेपालले भने सीमा क्षेत्रमा रहेका आफ्ना नागरिकलाई समेत भित्र्याउन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा गरेको सम्बोधनले पनि सीमा क्षेत्रमा रहेका नागरिकलाई राहत मिलेन । महाकालीपारि रोकिएका कैयौँ नेपाली नदीमा हेलिएर पार गरेका छन् भने हजारौंको संख्यामा भारतीय क्षेत्रमा बसेका छन् ।

“नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले  भोग्नु परेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ,” प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा भनेका थिए, “तर सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेन्टाइनमा राखिएको छ ।”

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा सात सय भारतीय नागरिकहरुलाई नेपालले क्वारेन्टाइनमा राखेको जानकारी गराएका थिए ।

“लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ,” प्रधानमन्त्रीको भनाइ थियो, “निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइने छ ।”

सीमा क्षेत्रमा रोकिएका नेपाली नागरिकले मरे पनि आफ्नै देशमा मर्छौँ तर सीमा नाका खोलिदिन सरकारसँग हारगुहार गरे पनि माग पूरा हुन सकेको छैन ।

उनीहरु नेपालभित्रै आएर क्वारेन्टाइनमा बस्न तयार भए पनि सरकारले बेवास्ता गरेको बताउँछन् ।

“हामी १३ दिनदेखि धेरै दुःखमा छौं । देश फर्कने आशामा ८० किलोमिटर पैदल हिँडेर आयौं । घर परिवारसँग सम्पर्क हुन पाएको छैन । घर–परिवार रोइरहेका छन् । हामी आफ्नै देशमा फर्कन चाहन्छौं । आफ्नै घरमा क्वारेन्टाइनमा बस्छौं । मरे पनि आफ्नै देशमा मर्छौं । हामी देश आउन चाहन्छौंै ढाट खोलिदिनू । हामीलाई आफ्नै देश फिर्ता गरिदिनू,” बझाङ बुङल गाउँपालिका पुस्कर कामीले बाह्रखरीसँग दुखेपो पोख्दै भने ।

उनले आफूहरु सयौँको संख्याका धार्चुलामा रोकिएको बताउँदै आफ्नै देशको सरकारले गरेको व्यवहारले दुःखी बन्नुपरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro