site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोना परीक्षण : २० मध्ये ८ को नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी
Sarbottam CementSarbottam Cement

दाङ । दाङको बिजौरीस्थित कोरोना विशेष अस्पतालबाट पठाइएका २० मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अब थप १२ जनाको रिपोर्टको प्रतीक्षा भइरहेको छ ।

रिपोर्ट नेगेटिभ आउनेमध्ये दाङका सात र प्यूठानका एकजना छन् । रिपोर्ट नेगेटिभ आएका आठै जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कैलालीका कोरोना संक्रमित युवासँगै गौरीफन्टा नाकाबाट आएकामध्ये अब दाङका पाँच र प्यूठानका दुई जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरु सबैलाई बिजौरीस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ । अस्पतालबाट मंगलबार राति एकैसाथ २० जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । त्यसमा दुवैबाट आएका दाङ तुलसीपुरका चारजना, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत एक कार्यालय सहयोगी, भारतको रुपैडिहा नाकाबाट आएका घोराहीका एकजना र दुवैबाट आएका प्यूठानका थपजना थिए ।

संक्रमित युवासँगै आएका भनिएका दाङका १० मध्ये आठजना मात्रै अहिले सम्पर्कमा छन् । अन्य दुईजना अझै पत्ता लागेका छैनन् । प्रदेश ५ को भैरहवामा आइतबारदेखि कोरोनाको स्वाब परीक्षण सुरु भइसकेको छ । तैपनि दाङबाट २० जनाको स्वाब परीक्षणका लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको थियो ।

Global Ime bank

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी चाँडो पाउने अपेक्षाले स्वाब परीक्षण गर्न काठमाडौं पठाउने सल्लाह भएकाले भैरहवा नपठाइएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement