site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
  लकडाउनका समयमा काठ तस्करी गर्ने १० जना पक्राउ
Sarbottam CementSarbottam Cement

दाङ । गस्ति टोलीले लकडाउन अवधिभर भएका विभिन्न ६ वटा घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको छ । 

यस अवधिमा तीन वटा टेक्टर पनि वन गस्तीले नियन्त्रणमा लिएको छ । सयौं क्यूफिट अवैध काठ बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ । दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले लकडाउन पूर्व काठ तस्करीका घटनाहरु नभएकोमा लकडाउन हुनासाथ तस्करी ह्वात्तै बढेको बताए । 

यसपटक तस्करी नहुने नयाँ ठाँउहरुमा समेत तस्करी भएको पाइएको उनले बताए। गस्तिका क्रममा लामो सयमदेखि वन पैदावार तस्करीमा संलग्न पेशेवरहरु पक्राउ परेको ज्ञवालीको भनाई छ । गस्तिले वनमै रुख ढालेर काठका रुपमा काटिरहेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । लकडाउन भएपछि मजदुर काम रोकिएको र वनमा गएर काठ काटेपछि कमाई हुने लोभमा तस्करीमा लागेको हुनसक्ने पाइएको ज्ञवालीको भनाई छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

विगत देखिनै अनुसन्धानको क्रममा हिरासतमा थुनुवाहरु समेत हाल डिभिजन वन कार्यालयमा १० जना अभियुक्तहरु थुनामा रहेका छन् । सामान्यतया ४ देखि ५ जनालाई नियन्त्रणमा राख्न सकिने क्षमता रहेको शसस्त्र वन सुरक्षा शाखाको थुनामा अहिले १० जना रहदाँ व्यवस्थापनमा केहि समस्या परेतापनि आजै देखि कोराना भाइरसको समेत जोखिमलाई मध्यनजर गरि थप थुनुवा कक्षको विस्तार गरिएको कार्यालयले जनाएको छ । 

चैत १० गते तुलसीपुर महानगरपालिका वडा नं- १८ को कात्तिक रानी सामुदायिक वनमा सालको २ वटा रुख काटी गोलिया बनाइ लैजान लागिरहेको अवस्थामा डिभिजन वन कार्यालय, दाङको गस्तिको टोलिले गोलिया काठ थान १६ को परिमाण ११७।२१ घ।फि। सहित रा १ त ११७७ नंबरको ट्याक्टर थान १ र घटनामा संलग्न ट्याक्टर मालिक घोराही १२ रतनपुर बस्‍ने सुदन गिरिलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । 

Global Ime bank

यसैगरी चैत २२ गते घोराही उपमहानगरपालिका वडा नं- १२ ज्यामिरे खोला स्थित भालुचिप्ला सामुदायिक वनमा गोलिया काठ चिरान भइरहेको भन्ने सुचनाको आधारमा डिभिजन वन कार्यालय, दाङवाट खटिएको गस्ति टोलीले साल जातको १ वटा रुख कटान गरि टुनटुक्रा गरि चिरान गरि राखेको अवस्थामा गोलिया तथा चिरान काठ गरि करिव ११२ घ.फि र कटानमा प्रयोग भएका हतियार बरामद भएको डिभिजनल वन अधिकृत ज्ञवालीले जानकारी दिए । तत्कालीन अवस्थामा अभियुक्त फेला नपरेको भएता पनि विशेष सुराकको आधारमा  चैत २७ गतेका दिन कार्यालयवाट खटिएको गस्ति टोलीले उक्त कार्यमा संलग्न मुख्य नाईके पुर्ण बहादुर रेउलेलाई निजकै घरवाट पक्राउ गरि हिरासतमा राखी अनुसन्धान अगाडी वढाईएको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरुलाई पनि छिट्टै कानुनी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको कार्यालयले जनाएको छ । 

पश्चिम दाङको बबइ गाउँपालिका वडा नं- ५ स्थित खयरभट्टी सिमगैरा सामुदायिक वनमा लगडाउनको मौका छोपी चैत २३ गते अतिक्रमण भइरहेको भन्ने सुचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको गस्ति टोली र उक्त सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको सहयोगमा करिव २ हेक्टरमा वनलाई अतिक्रमण गर्ने नियतले लगाइएको फलफुल तथा नगदेवालीलाई हटाई पुन वन कायम गरिएको छ ।

त्यस्तै, चैत २४ गते दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वनमा समुहको पदाधिकारीहरुको संलग्नतामा वन जंगल हानी नोक्शानी भइरहेको भन्ने सुचनाको आधारमा मिति गस्ति टोलीले सामुदायिक वनमा स्थलगत अनुगमन गर्दा लकडाउनको समयमा नदि उकास जग्गामा वृक्षारोपण गरि हुर्काएका विभिन्न साइर्जका अधिकांश सिसौं र केही खयर प्रजातीका गरी जम्मा ५५ वटा रुखहरु  हानीनोक्सानी भएको पाइएकाले तत्कालै घटनास्थलवाट कार्यसमितीका पदाधिकारीलाई नियन्त्रणमा लिइएको र हाल ती पदाधिकारीहरुलार्ई हिरासतमा राखी अनुसन्धान अगाडी वढाइएको कार्यालयले जनाएको छ । 

त्यस्तै, चैत २५  गते रात्री गस्तीले करिव १२ वजेको समयमा  घोराही उपमहानगरपालिका वडा नं १, सिरुखर्क क्षेत्रमा साल जातको ४ थान गोलिया कटान गरि टेक्टरवाट ढुवानी गरि लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा चैत २६ गते विहान  डिभिजन वन कार्यालयवाट खटिएको गस्ति टोलीले उक्त काठ वरामद गरि सोही वखत उक्त अपराधमा संलग्न विगत १० वर्ष देखी नै काठ तस्करीमा संलग्न नाइके  शोभाराम महरा (स्थानिय वोलीचालीमा डन को रुपमा परिचित) लाई पक्राउ गरि हिरासतमा राखी अनुसन्धान अगाडी वढाइएको कार्याललयको भनाई छ ।  

निजको उक्त अवैध काठ ओसारपसारमा प्रयोग गरेको रा १ च ३९४१ ट्याक्टर समेत नियन्त्रणमा लिइएको कुरा अनुसन्धानवाट खुल्न आएको छ भने अन्य मतियारहरुको समेत पक्राउको प्रकृया अगाडि बढेको कार्यालयले जनाएको छ ।

चैत २७ गतेको दिन नेपाली सेनासँगको संयुक्त समन्वयमा तुलसीपुर उमनपा- १३, फुलवारीवाट अवैध रुपमा काठ दाउरा ओसारपसार गरिरहको रा १ त २३९५ नम्वरको ट्याक्टर र ट्याक्टर चालक गोपाल चौधरी पक्राउ गरि कानुनी प्रकृया अगाडी वढाइएको कार्यालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC