site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनमा रोकिएका पर्यटकको उद्धार आजसम्म मात्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले चालेको लकडाउनको समयमा नेपाल भ्रमणमा रहेका करिब १ हजार ५ सय जना विदेशी आफ्नो मुलुक फर्किएका छन् । नेपालस्थित विभिन्न दूतावास, नेपाल पर्यटन बोर्डको समन्वयमा देशका विभिन्न भागबाट काठमाडौं ल्याएर उनीहरूको उद्धार गरिएको हो । 

अमेरिकी, अस्ट्रेलियन, युरोपेली मुलुकसहितका करिब १ हजार पाँच सय जना पर्यटकको उद्धार गरी काठमाडौं ल्याइएको र उनीहरू स्वदेश फर्किएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले जानकारी दिए । पर्यटन बोर्डले हवाई सेवाबाट मात्रै नभई सडक यातायातबाट पनि पर्यटकको उद्धार गरिरहेको छ । 

बिहीबार मात्रै पनि बोर्डको समन्वयमा पोखरा, चितवनलगायतका ठाउँमा विदेशी पर्यटकको उद्धार गरी सडक मार्गबाट काठमाडौं ल्याएको थियो । बिहीबार पोखराबाट ६ बस, चितवनमा २ बस पर्यटक सडक मार्गबाट काठमाडौं ल्याएको रेग्मीले बताए । शुक्रबार लुक्ला र फाप्लुबाट २८ जना ल्याइएको छ । 

लक डाउनको समय बढ्दै गएपछि नेपालस्थित अमेरिकी, अस्ट्रेलियन, जमर्न, फ्रान्सेली राजदूतावासहरूले आफ्ना नागरिक विमान चार्टर गरेर फिर्ता पठाइसकेका छन् । नेपालमा अब कोरियन, चेक रिपब्लिक, जर्मनी, अस्ट्रियन, रसियन पर्यटक लैजान नेपालस्थित दूतावासले पहल गरेका छन् । यी देशमा नागरिक काठमाडौं आएपछि उनीहरू फिर्ता जाने रेग्मीले बताए । 

आजदेखि बोर्डले रेस्क्युको काम नगर्ने

मुलुक लक डाउन भएदेखि नै नेपालमा रहेका विदेशी पर्यटकको उद्धार गरिरहेको नेपाल पर्यटन बोर्डले शुक्रबार रातिदेखि उद्धारको काम नगर्ने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले विगत १० दिनदेखि पर्यटकको उद्धार गर्ने काम गरिरहे पनि आज रातीदेखि नगर्ने स्पष्ट पारे ।

उनले नेपालमा रहेको पर्यटक जो स्वदेश फर्कन चाहन्छन्, उनीहरूलाई काठमाडौं आउन आजसम्मको समय दिएको र नआए उनीहरूलाई पनि शतप्रतिशत लक डाउन लागु हुने बताइसकेको बताए । उनले भने, “काठमाडौं आएका पर्यटकलाई भने विमानस्थलसम्म लैजान सहयोग गर्नेछौं ।” 

देशका विभिन्न भाग रहेका पर्यटकलाई आज बेलुकासम्म काठमाडौं आउन भनेको उनले बताए । “आजसम्म काठमाडौं आयौ भने स्वदेश फर्कन पाउँछौ, होइन भने लक डाउन तिमीहरूलाई पनि शतप्रतिशत लागू हुन्छ भनिसकेको छौं ।”

बोर्डको संयोजनमा विभिन्न निजी आन्तरिक विमान कम्पनीले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाठौं ल्याएका थिए भने कतिपय आजसम्म पनि आउँदैन छन् । 

बोर्ड प्रमुख रेग्मीले काठमाडौं आएका र आउन लागेका पर्यटक नेपालमा आएको २० दिन कटिसकेका भएकाले कुनै जोखिम नरहेको पनि बताए । 

चार्टर विमानहरू आउँदै

कतिपय मुलुकले आफ्ना नागरिक फिर्ता पठाइसकेका छन् भने कतिपय देश लैजाने प्रक्रियामा छन् । केही दिन भित्रै आफ्ना नागरिक लैजान कोरिया, चेक रिपब्लिक, जर्मन, अस्ट्रिया एवं रसियाले विमान चार्टर गरेर नेपालमा पठाउँदैछन् । यी मुलुकले नेपालमा रहेका आफ्ना नागरिकको उद्धार गर्न गरेको आग्रहपछि नै पर्यटन बोर्डले उद्धारका लागि समन्वयको काम गरिरहेको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro