site stats
बाह्रखरी :: Baahrakhari
विशेष
५९ जनाको स्वाब परीक्षण, ४२ को रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, तेह्रथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको  जानकारी दिए ।  
    
आइसोलेशन वार्डमा बिहीबारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच  महिला  छन् । यसैबीच, प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अलपत्र २५० मजदूरको उद्धार

भोजपुर– कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र  २५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको हो । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्