site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मानिस शाकाहारी हो त ?

कोरोनाभाइरसको सुरु चीनको वुहान प्रदेशमा भएको थाहा पाइएको हो । यो रोग मानिसले चमेराको मासु खाएपछि लागेको दाबी गरिएको छ । यो फैलिन थालेपछि त्यस ठाउँको मासु बजार पनि बन्द गरिएको थियो । तर, यो जसरी संसारभर दिन दुईगुना रात चौगुनाको हिसाबले बढ्दै गयो त्यसबाट धेरै प्रश्न उठन थालेका छन् । यससँग जोडिएको एउटा महत्त्वपूर्ण तथ्य हो प्रायः यस किसिमको रोगव्याध मांसाहारी खानाबाट नै निस्कने गरेको छ । तब, प्रश्न उठ्छ के मानिसले मासुको परिकार खानु खतरनाक छ ?

हामीले यसभन्दा अगाडि ‘बर्ड फ्लु’को रोगव्याधबारे सुनेका र व्यहोरेका थियौँ । यस सिलसिलामा हजारौं कुखुरा मारिएको जानकारी आएको थियो । यसभन्दा अगाडि ‘म्याड काउ’ भनिने गाईको मासुबाट निस्केको रोगको बारेमा पनि ठूलै चर्चा भएको थियो । शाकाहारीलाई मांसाहारी बनाउँदा कस्तो आपत पर्ने रहेछ भन्ने ’म्याड काउ डिजिज’को उत्पत्ति र फैलावटले देखाइदिएको हो । 

सो रोग निस्केको कारण गाईलाई छिटो मोटाउन दानामा मासुको मिसाउनु हो । एउटा शाकाहारी जन्तुलाई झुक्याएर मासुको आहार खुवाइएकोले यो रोग निस्केको दाबा डा. हरिश्चन्द्रले गरेका थिए । यसलाई नपत्याउने कारण पनि देखिँदैन । अप्राकृतिक क्रियाकलापको नकारात्मक असरको निराकरण मानिसले अनेक उपायबाट गरिरहेको छ । तर, शाकाहारी गाईलाई अप्राकृतिक ढङ्गले मांसाहारी बनाएकोमा जुन फल भोग्नु प¥यो त्यसको निदान हजारौं लाखौं गाई मारेर गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस बारेमा एउटा आधारभूत पश्न उठ्छ – मानिस आखिर मांसाहारी प्राणी हो कि शाकाहारी ? यस प्रश्नको निराकरण गरेपछि मात्र मासु खानु ठीक हो कि होइन भनेर भन्न सकिन्छ । प्रायः जीव जन्तुहरू प्रकृतिले निर्धारित गरेको खाना खान्छन् । गाईले घाँस खाने गर्छ भने बाघले मासु खान्छ । मानिस यस्तो जीव हो जसले दुवै थोक खाने गर्छ । के मानिसलाई प्रकृतिले मांसाहारी र शाकाहारी दुवै बनाएको हो ? यो प्रश्नको उत्तर उसको शारीरिक बनावट र सञ्चालनबाट पाउन सक्छौँ ।

धेरै अध्ययनहरुले बताएका छन् प्राकृतिकरूपले मांसाहारी र शाकाहारी जीवजन्तुको शारीरिक बनावट र स्वभाव भिन्दाभिन्दै हुन्छन् । शाकाहारी जीवको बच्चा जन्मदा आँखा खुला रहेको पाइन्छ भने मांसाहारी जीवको बच्चा जन्मदा आँखा बन्द रहेका हुन्छन् । शाकाहारीले ओठको सहाराले पानी खाने गर्छन् तर मांसाहारीले जिब्राले खाने गर्छन् । मांसाहारीको जिब्रो खस्रो, मोटो र भद्दा हुन्छ भने शाकाहारीको मसिनो र नरम । शाकाहारीको आन्द्रा तुलनात्मकरूपमा लामो हुने गर्छ भने मांसाहारीको आन्द्रा छोटो हुन्छ । शाकाहारीको आन्द्रा भुँडीमा धेरै प्वाल हुने गर्छन् । मांसाहारीको पेट एसिडिक हुन्छ र त्यसबाट मासु पचाउन सहयोग मिल्छ तर शाकाहारीको पेट अल्कालिक हुन्छ जसबाट कार्बोहाइड्रेटको सजिलो पाचन हुने गर्छ । 

Global Ime bank

मांसाहारीका दाँत तीखा हुन्छन् जसबाट अरुको मासु चिथोर्न र टुक््रयाउन सजिलो हुन्छ । तर शाकाहारीको दाँत सागपात चपाउन सजिलो हुने हुन्छ । मांसाहारीले शाकाहारीले जस्तो मुख चलाई चलाई चपाउन सक्तैन । मांसाहारीको मुख ठूलो हुन्छ जसबाट उनीहरूलाई शिकार गर्न सजिलो हुन्छ । मांसाहारीको लामो र तिखो नङ हुन्छ । मांसाहारीको कलेजो र मिर्गौला ठुलो आकारको हुन्छ जसले मासु पचाउन र त्यसबाट निस्कने विषाक्त वस्तु फाल्न मद्दत गर्छ । मांसाहारीको जिउको गन्ध कडा हुने गर्छ भने शाकाहारीको जिउबाट त्यस्तो गन्ध निस्कँदैन । 

प्रकृतिले मांसाहारी जीवमा अरु जीवको सिकार गर्ने, मासु च्यात्ने, खाने र पचाउने शक्ति दिएको हुन्छ । शाकाहारी जीवमा यी गुणहरू पाइन्नन् । मानिसको शारीरिक बनावट मांसाहारीभन्दा शाकाहारीसित बढी मिल्दोजुल्दो छ । हिंस्रक जीवको जस्तो मानिसको नङ्ग्रा, दाँत र मुख नभएको, शाकाहारीको पेटजस्तो अल्कालिक भएको र आन्द्राभुँडी पनि ठूलो भएको हुनाले प्राकृतिकरूपमा मानिस शाकाहारीकै रूपमा जन्मेको भन्ने धेरै वैज्ञानिकहरुको भनाइ छ । यो भनाइ एक किसिमले सत्य नै देखिन्छ । यस सम्बन्धमा मानिसले एउटा नौलो काम गरेको पाइन्छ । 

मांसाहारी जीवले काँचो मासु खाने गर्छ र त्यसलाई पचाउने सामग्री त्यसको शरीरमा विद्यमान हुन्छ । मानिसमा ती सामग्री विद्यमान हुँदैनन् । त्यसकारण मानिसले मासु पकाएर खाने गरेको पाइन्छ । पकाएर खाँदा पाचन क्रिया सजिलोसँग हुने गर्छ तर त्यसबाट प्राप्तहुने विषाक्त वस्तु यथावत् रहने गर्छन् र तिनले मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्छन् । सो कुरालाई सबै डाक्टरहरूले स्वीकारेका छन् ।

मानिस शाकाहारी जीव भएको अर्काे प्रमाण उसको शरीरका अरु अङ्गहरूले पनि दिएका छन् । शाकाहारी जीव जन्तुमा झैँ मानिसको पुरुष वर्गमा ‘सेमिनल भेसिकल’ र ‘प्रोस्टेट ग्ल्यान्ड’ हुन्छन् । ‘सेमिनल भेसिकल’ले बीज उत्पादन गर्ने काम गर्छ भने ’प्रोस्टेट ग्ल्यान्ड’ले पिसाब र बीजको बहिर्गमन नियन्त्रित गर्छ । यी अङ्गहरू मांसाहारी जीव र स्त्री वर्गमा पाइँदैन । 

विज्ञानले बाँदरलाई मानिसको पुर्खा मानेको छ । किनभने मानिसको शरीरिक विकास त्यसै जीवबाट बिस्तारै भएको भन्ने विश्वास गरिन्छ । त्यसको आधारमा पनि मानिस शाकाहारी भएको भन्न सक्छौं । कारण बाँदर पनि शाकाहारी नै हो । 

एउटा तथ्यांकअनुसार विश्वमा ३८ करोड मानिसहरु शाकाहारी छन् । अमेरिकामा ४ प्रतिशत लोग्नेमान्छे र ७ प्रतिशत स्वास्नीमान्छे शाकाहारी छन् । भारतमा ३१ प्रतिशत मानिसहरु शाकाहारी भएको मानिन्छ । युरोपको जनसंख्याको १० प्रतिशत शाकाहारी छन् । 

शाकाहारको महत्त्व प्राचीन कालदेखि नै रहेको छ । पूर्र्वीय सभ्यताका हिन्दु, बुद्धमार्गी र जैनमार्गीहरु शाकाहारी थिए । उनीहरु पशुपंक्षीमाथि हिंसा गर्ने कामको विरोधी थिए । पश्चिमी सभ्यतामा पनि शाकाहारीको महत्त्व नभएको होइन । ल्पुटार्क, पैथागोरस, सेनेका, पोर्फिरियोजस्ता ग्रीक र रोमन दार्शनिकहरु पनि शाकाहारी थिए । उनीहरुले पशुपंक्षीप्रति दयामाया देखाएका थिए । लियानार्डो डा भिन्सी र डेस्कार्टस्जस्ता कलाकारहरु पनि शाकाहारी भएका थिए । उनीहरुले शाकाहारी भोजन स्वस्थ्यकर हुने कुरामा विश्वास गरेका थिए । 

आजका वातावरणविद्हरुले पनि शाकाहारी भोजनको विस्तारका लागि आवाज उठाउने गरेका छन् । उनीहरुको भनाइमा गाईगोरु, च्वाँचे, कुखुरा आदिको उद्योग चलाउँदा धेरै पानी खर्च हुने भएकोले यस्ता उद्योगहरुलाई निरुत्साहित गर्नुपर्छ । उदाहरणकोलागी एक किलो गाईको मासु उत्पादन गर्न १५ हजार ५०० लिटर पानी लाग्छ । यस हिसाबले संसारको ७० प्रतिशत पिउने पानी उनीहरुको लागि दाना उत्पादनमा खर्च हुन्छ । यसकारण उनीहरुले मांसाहारीलाई रुचाउँदैनन् । 

जे भए पनि मानिसहरु शाकाहारीको रुपमा नै जन्मेका हुन् भन्ने उनीहरुको शारिरिक र मानसिक बनावटबाट थाहा लाग्छ । हुन त मानिसहरुले २६ सय वर्ष अगाडिदेखि मासु खान थालेको अनुसन्धानले देखाउँ छ । तर यसबाट मानिसको कल्याण हुन्न भन्ने पनि भने अनुभवले देखाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय