site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङका १० स्थानीय तहमा क्‍वारेन्टाइन बनाइँदै

दाङ । कोभिड–१९ संक्रमण फैलिन नदिन तथा रोकथामका लागि दाङका दशवटै स्थानीय तहमा क्‍वारेन्टाइन कक्ष स्थापना गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार दाङका सबै स्थानीय तहमा जम्मा दुई सय ४५ बेड क्षमताको क्‍वारेन्टाइन कक्ष स्थापना गर्ने तयारी थालिएको छ । कोभिड–१९ संक्रमणका हिसाबले दाङ पनि उच्च जोखिममा रहेको भन्दै सबै स्थानीय तहमा आइसोलेसन कक्ष स्थापना गर्ने गरि तयारी अघि बढेको हो ।

Argakhachi Cement Island Ad

रिजालका अनुसार दाङको बबई गाउँपालिकाले ५० बेड, नगरपालिकाले ३५ बेड, बंगलाचुली र दंगीशरण गाउँपालिकाले ३०/३० बेड, घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका र राप्ती गाउँपालिकाले २५/२५ बेड, शान्तिनगर र गढवा गाउँपालिकाले १०/१० बेड तथा तुलसीपुर उपमहानगरपालिकाले ५ बेडको क्‍वारेन्टाइन कक्ष स्थापना गरिने भएको छ ।

दाङका केही स्थानीय तहले विद्यालयको भवनमा क्‍वारेन्टाइन कक्ष स्थापना गर्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार चार स्थानीय तहले विद्यालयको भवनमा क्‍वारेन्टाइन कक्ष स्थापना गर्ने भएका हुन् । बबई गाउँपालिकाले मावि पदमपुर, लमही नगरपालिकाले बाल जनता उच्च मावि, गढवा गाउँपालिकाले जनता मावि, शान्तिनगर गाउँपालिकाले माबि बयालेसिमतारामा क्‍वारेन्टाइन कक्ष स्थापना गर्ने भएका हुन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले उद्योग बाणिज्य संघको सभाहलमा, घोराही उपमहानगरपालिकाले कुइरेपानी मानसिक अस्पतालमा, राजपुर गाउँपालिकाले गंगदी स्वास्थ्य चौकी, राप्ती गाउँपालिकाले सिसहनिया स्वास्थ्य चौकी, बंगलाचुली गाउँपालिकाले हाँसिपुर स्युजा स्वास्थ्य चौकी र दंगीशरण गाउँपालिकाले हेकुली स्वास्थ्य चौकीमा क्‍वारेन्टाइन कक्ष स्थापना गर्ने भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ११:३०
प्रतिक्रिया दिनुहोस्