site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनमा एयर डाइनेष्टिले गर्‍यो नेपालीसहित ७ विदेशीको उद्धार
Tiktok banner adTiktok banner ad

काठमाडौं । एयर डाइनेष्टिको हेलिकप्टरले हिमाली क्षेत्रबाट स्वदेशीसहित विदेशी पर्यटकको उद्धार गरेको छ । एयर डाइनेष्टिले गृह मन्त्रालय, जिल्ला प्रशासन एवम् नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर बुधबार ६ जना विदेशीसहित एक नेपाली नागरिकको उद्धार गरेको हो । 

मुलुक कोरोना संक्रमणबाट जोगिन लकडाउनमा रहेका बेला एयर डाइनेष्टिले हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार गरेको हो । एयर डाइनेष्टिले लुक्लाबाट चारजना रसियन नागरिक, २ जना फ्रान्सेली नागरिक र एक नेपालीलाई उद्धार गरी काठमाडौं ल्याएको हो । एयर डाइनेष्टिका सञ्चालन प्रबन्धक बालकृष्ण पण्डितले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र नागरिक उड्यन प्राधिकरणको समन्वयनमा ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको बताए ।  

एयर डाइनेष्टिले सोलुखुम्बुको पाङबोचेबाट चार जना रसियन नागरिकको उद्धार गरेको हो भने डोल्पाको छार्काबाट दुई फ्रान्सेलीसहित एक नेपाली नागरिकको उद्धार गरी काठमाडौं ल्याएको हो । 

गृह मन्त्रालयले एयर डाइनोष्टि हेली सर्भिसेज्लाई निषेधित क्षेत्रमा उडान गरी यी पर्यटकको उद्धार गर्न अनुमति दिएको थियो । गृह मन्त्रालयको अनुमतिमा उद्धार गरी ल्याइएका बिरामीलाई अस्पताल भर्ना गरेपछिको रिपोर्ट अनिवार्य पेश गर्ने गरी निषेधित क्षेत्रमा उडान गर्न अनुमति दिएको छ । 

रेस्क्यु फ्लाइटमात्रै गर्ने
 
एयर डाइनेष्टिका प्रबन्धक पण्डितले मुलुक लकडाउनको अवस्थामा एयर डाइनेष्टिले हाई रेस्क्युको केसमा मात्रै उडान भर्ने बताए । उनले भने, “ठूलो मात्रामा हेलिकप्टर चार्टरको डिमान्ड छ तर कम्पनीले आवश्यकताअनुसार रेस्क्यु उडान मात्र भर्ने छ ।” 
उनले मंगलबार मात्रै नेपालस्थित जर्मन राजदूतावासले हेलिकप्टर चार्टरको माग गरेको तर नलिएको बताए । 


उनले आवश्यकता र उच्च जोखिमताका आधारमा हाई रेस्क्युमा फसेकाहरुको मात्र उद्धार गर्ने नीति कम्पनीले बनाएका बताए । यस्ता उडान पनि पनि गृह, जिल्ला प्रशासन र नागरिक उड्यन प्राधिकरणको स्वीकृति पछि मात्रै हुने उनले बताए । 

एयर डाइनेष्टिले बिहीबार पनि रेस्क्यु उडान गर्दैछ । सोलुखुम्बुको नाम्चे र गोरक्षबाट विदेशी पर्यटकको उद्धार गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । गोरक्षबाट एक जापानी, नाम्चेमा एक क्यानेडियन अलपत्रमा परेको बताइएको छ । 

एयर डाइनेष्टिका दुईवटा हेलिकप्टरबाहेक अन्य कुनै पनि विमान वा हेलिकप्टर संचालनमा नरहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro