site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोइलावाससहित दाङका २६ नाका अनिश्चितकालका लागि बन्द
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न भारतसँग सिमा जोडिएका दाङका नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतसँग सीमा जोडिएको मुख्य कोइलावास नाकासहित ८३ किलोमिटर क्षेत्रमा रहेका २६ नाका अनिश्चितकालका लागि बन्द गरिएको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै दुवै देशका अधिकारीहरुको सहमतिमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार नेपाल–भारत सिमा जोडिएका मुख्य नाकाहरु कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाकालगायत साना तथा ठूला २६ नाकाहरु बन्द गरिएको छ । ‘कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल आउने र भारत जाने दुवैतर्फका नाका बन्द गरिएको छ’,प्रमुख जिल्ला अधिकारी रिजालले भने,‘संक्रमणको अवस्था सामान्य नहुँदासम्म सीमा बन्द गरिनेछ ।’ बन्द गरिएका सिमा नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका २६ नाकामध्ये मानिसहरुको चहलपहल धेरै हुने नाका कोइलावास नै हो । मुख्य नाकाका रुपमा रहेको कोइलावास नाकामा यसअघि हेल्थ डेक्स स्थापना गरी दुवैतर्फ आउने जानेको स्वास्थ्य परीक्षण गरिँदै आइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय