site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
  भारतबाट आएका २६ जनालाई दाङबाट फिर्ता पठाइयो
Sarbottam CementSarbottam Cement

दाङ । भारतबाट नेपालगञ्‍ज हुँदै दाङको तुलसीपुर आउन लागेका २६ जना भारतिय नागरिकलाई फिर्ता पठाइएको छ । 

कोरोना भाइरसको जाँचका लागी स्थापना गरिएको हेल्थ डेस्क तुलसीपुर १३ दमारगाउँबाट उनीहरुलाई फिर्ता पठाईएको हो । शनिवार नेपालगन्जबाट तुलसीपुर तर्फ आउदै गरेको बसमा सवार उनीहरुलाई सोधपुछ गर्दा भारत हुदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले बिजौरीका विभिन्न ईट्टाभट्टामा काम गर्न तुलसीपुर आएको बताएका छन् । तर उनीहरुले आफूहरुको घर नेपालगञ्‍ज भने पनि स्थायी ठेगाना खुलेको छैन । 

उनीहरु शनिबार भारतको नानपारादेखि नेपाल आएको खुलेको हो । हेल्थ डेस्कमा जाँच तथा सोधपुछ गर्ने क्रममा उनीहरुलाई फिर्ता पठाईएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धनका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्खरै भारतदेखि आएको हुँदा उनीहरुलाई फिर्ता पठाइएको हो ।

Global Ime bank

कोरोना भाइरस रोकथाम तथा उच्च सतर्कताका लागी तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा हेल्थ डेस्क स्थापना गरी जाँच गर्न सुरु गरेको छ । विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगञ्‍जदेखि तुलसीपुर आउने यात्रुहरुका लागी दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरुलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

भारतमा समेत कोरोनाको संक्रमण देखीएको हुँदा उनीहरुलाई हाल तुलसीपुर आउन रोक लगाइएको हो । हालसम्म दुई वटा हेल्थ डेस्कमा गरी झन्डै ११ हजार बढी नागरिकमा जाँच गरिएको छ । तर हालसम्म पनि कसैमा कोरोना भाइरसको संक्रमण फेला नपरेको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिएका छन् । शनिबार मात्रै एक हजारभन्दा बढीलाई जाँच गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय