site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारी जग्गा भाडामा नदिन विप्लव समूहको चेतावनी 
Sarbottam CementSarbottam Cement

दाङ । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारी जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिने-लिने कार्य बन्द नगर्न चेतावनी दिने भएको छ । 

दाङको ‘खाद्य संस्थानको खाली जग्गा लिजमा लिने-दिने सम्पूर्ण संस्था, व्यक्ति सबैलाई विवादित र जनविरोधी कार्यबाट पछि हट्न र खुल्ला ठाउँ संरक्षणमा जुट्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विप्लव समूहका दाङ जिल्ला जनपरिषद प्रमुख आकाशले आइतबार एक विज्ञप्तिमार्फत घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षिण तर्फको जग्गा भाडामा लगाउनु अनुपयुक्त रहेको उल्लेख गरेका छन् । सार्वजनिक जमिन मास्न नपाइने भन्दै विभिन्‍न संघ संस्थाद्वारा गरिएको विरोधको पूर्ण रुपमा समर्थन गर्ने प्रकाशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आपतविपतमा आवश्यक पर्ने र केही सार्वजनिक कार्यक्रमहरू समेत हुँदै आएको उक्त खाली जमिन संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘प्रक्रियाबाटै लिजमा लिएको भन्ने हवला दिइराखेको सन्दर्भमा डबल नेकपाका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिको लागि सत्ता र शक्तिको दुरुपयोग गर्दै उक्त जग्गा हडप्न खोजिएको प्रस्टै देखिन्छ ।’

Global Ime bank

हाल सरकारी जग्गा भाडामा प्रकरणमा नाम जोडिएका केही ब्यक्तिहरु घोराही–१७ बर्गद्दीको जग्गा प्लटिङ गरि विक्रि वितरण गर्ने कार्यमा समेत सम्लग्न रहेको पाइएको हुँदा त्यसमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जहाँ ११ जना किसानको तत्कालीन समयमा सुरक्षाकर्मीले सामूहिक हत्या गरेको थियो । आफ्नो आग्रह विपरित चल्न खोजे पार्टी जिल्ला जनपरिषद् दाङले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय